मन्त्रिमण्डलमा हेरफेर, गृहमा अधिकारी, वादल पत्नीको नियुक्तिले असन्तुष्ठी वढ्ने संकेत

राजनीति जेठ २७ 2078 ekhabarnepal
1

काठमाडौं, जेठ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सो हेरफेर भएको हो ।  योसँगै  मन्त्रिपरिषदले पूर्णता पाएको छ । आज विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज अपरान्ह ४ बजे शीतल निवासमा  हुने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।

आज शपथ खानुहुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहनुभएको छ ।


रामवहादुर थापा वादल पत्नी नैनकला थापा सञ्चार सूचना तथा प्रविधि मन्त्री वनेपछि पूर्व माओवादीका नेता कार्यकर्तामा ब्यापक असन्तुष्ठि देखा परेको  छ । रानीतिक रुपमा जिम्मेवारविहीन थापालाई मन्त्रीमा सिफारिस गरेपछि वादलप्रतिको असन्तुष्ठि वढेको छ । आफूसंगै जीवन हत्केलामा राखेर राजनीति गरेका कार्यकर्ताको ठूलो पंक्ति हुँदा हुँदै श्रीमतिलाई मन्त्री वनाएपछि केही नेता कार्यकर्ताहरु पार्टी छोड्ने मनस्थितिमा पुगेका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top