प्रधानमन्त्री ओलीद्वारा  एमालेलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा

राजनीति जेठ २३ 2078 ekhabarnepal
Pm kp oli jeth 18 768x512

काठमाडाैं, जेठ २३
प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका छन् । ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताएका छन् ।
यस्तै संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै पार्टीका नेताहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही नगरिने र पूर्वाग्रह र भेदभाव पनि नगरिने ओलीले बताएका छन् ।
एमालेभित्र माधव कुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने समेतको तयारी गरिरहेको भनिएको बेला ओलीबाट एकताको लागि आह्वान भएको हो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top