भेरी अस्पतालको प्रतिवेदन उपर मँचको शंका ः सामसुम पार्ने रणनीति   

समाज जेठ २१ 2078 ekhabarnepal

बुटवल, जेठ २१
भेरी अस्पताल नेपालगञ्जमा जेठ १३ गते चिकित्सकमाथि भएको आक्रमणका सम्वन्धमा उपभोक्ता हित संरक्षण मञ्चले तयार गरेको प्रतिवेदनले छानविन समितिको प्रतिवेदनमाथि प्रश्न उठाएको छ । अधिवक्ता विकास आचार्यले तयार गरेको प्रतिवेदनमा पीडितनै पहिचान नगरिएकोले समितिको पूर्ण प्रतिवेदन प्राप्त नभएसम्म निक्यौल गर्न अफ्टेरो परेको तर्क गर्दै पिडकले गरेको कसुरको मात्राा र कुन कानुन अन्तर्गत सजायको सिफारिस गरिएको हो भनेर पत्रकार सम्मेलनमा स्पष्ट नगर्नुले समिति दवावमा रहेको अनुमान गरिएको छ । 
विवादको विषय प्रतिवेदनमा उल्लेख नहुनु, नेपालको संविधान र उपभोक्ता संरक्षण ऐन २०७५ को ब्यवस्था वमोजिम क्षति पुगेको ब्यक्तिले कानुनी उपचार प्रयोग नगरेको, घटना नियोजित नभएपनि पिडकको ब्यवहार दण्डनीयनै रहेको निष्कर्षका साथ प्रतिवेदनमा भनिएको छ– जिल्ला प्रशासन कार्यालय बाँके घटनालाई मुद्वाको रुपमा कारबाही गरेको देखाई केही समय लम्वाउने भिड रोक्ने अन्ततः सामसुम पार्ने रणनीतिमा देखिन्छ । 
उपभोक्ता संरक्षण ऐन २०७५ दफा ५० वमोजिम वस्तु वा सेवावाट क्षति पुगेको ब्यक्तिलाई क्षतिपूर्तिे पाउने हक रहेको छ । पत्रकार सम्मेलनमा प्रस्तुत विवरण अनुसार प्रमुख जिल्ला अधिकारीको प्रतिवेदनमा पिडकले गरेको कसुरको मात्रा र कुन कानुन अन्तर्गत सजायँको लागि सिफारिस गरिएको छ भन्नेनै छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top