कर्णाली प्रदेशले शुरु गर्यो राजनीतिमा अनैतिक खेल

राजनीति बैशाख ३ 2078 ekhabarnepal
Karnalee 1231618579025

डी.आर. घिमिरे
संसदीय ब्यवस्थामा आजसम्म नभएको अभ्यास कर्णाली प्रदेशमा भएको छ । एकछिनलाई महेन्द्रबहादुर शाहीको सरकार बँचेको भएपनि यसले धेरै प्रकारका अन्यौल र सन्देह पैदा गर्नुका साथै अब राजनैतिक रुपमा थप विचलन आउने छ । अर्थात् यसवाट ब्यवस्थामाथिनै गंभीर प्रकारको संकट पैदा भएको छ । 
नेपाली कांग्रेसको समर्थन प्राप्त नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ’फ्लोर क्रस’ गरेर शाहीको पक्षमा मतदान गरेपछि राजनीतिक अस्थिरताको जग वसेको छ ।
शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । एमालेकै सांसद देवी ओलीले भने मुख्यमन्त्रीलाई दिएको विश्वासको मत पछि सच्याएकी थिइन् ।
चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि नेकपा एमाले कर्णाली प्रदेशसभाको संसदीय दलको वैठकले कारवाही गर्ने निर्णय गरेको छ । वैठकले दुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको छ । 
  अव माओवादी केन्द्रले जस्तै एमालेले पनि सांसदहरुलाई कारवाही गर्ने अवस्था आउँदैछ । यो अवस्थाले भावी राजनीति कता जाला ? यसै भन्न सकिदैन । 
संसदीय ब्यवस्थामा यसरी फ्लोर क्रस गर्नुलाई अनैतिक मानिन्छ । यसैवीच एमालेका महासचिव ईश्वर पोखरेलले संसदीय दलको विकृत ढङ्गले ह्वीप उल्लंघन गरेको बताउनु भएको छ । महासचिव पोख्रेलका अनुसार ह्वीप उल्लंघन गरेको विषयलाई पार्टीले गम्भीर ढङ्गले लिन्छ र कारवाही गर्छ । 
 परराष्ट्र मन्त्री तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले फ्लोर क्रस हुनुलाई अराजकताको संज्ञा दिनु भएको छ । एउटा अनलाइनसंगको वार्तामा ज्ञवालीले यो अराजकता क्षम्य नहुने बताउनु भएको छ ।
त्यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाले पनि संसदीय प्रणालीमा क्रस भोटिङ हुने भए पनि ह्वीप जारी भएको अवस्थामा फ्लोर क्रस गम्भीर चिन्ताको विषय हुने वताउनु भएको छ । यसलाई सहज रुपमा लिन मिल्दैन, पूर्वसभामुख ढुंगानाको धारणा छ । 
मुख्यमन्त्री शाहीले प्रदेशसभामा शुक्रबार विश्वासको मत मागेका थिए । त्यस क्रममा एमालेका सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
संविधानविद् भीमार्जुन आचार्यको विचारमा पार्टीले ह्वीप जारी गरेको छ भने त्यो मान्नुपर्छ  यदि कसैले ह्वीप मान्दैन भने त्यो दुःखद् कुरा हो । व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर ह्वीप उल्लंघन गर्न सकिने तर्क राख्दै आचार्यले कर्णालीमा व्यक्तिगत र राजनीतिक कारणले यो अवस्था आएको कुरा वताउनु भएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top