रुपन्देही सहित १४ जिल्ला काेराेना अतिप्रभावित , विद्यालय लगायत भीडभाड हुने स्थानमा नजान आग्रह

समाज बैशाख २ 2078 ekhabarnepal
Health ministery appil

काठमाडौं, वैशाख २ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अतिप्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना संक्रमणबाट संवेदनशील बन्न सरकारले आग्रह गरेको हो । मन्त्रालयले ती जिल्लाहरूमा मानिसहरू धेरे जम्मा हुने स्थान विद्यालय, रात्री क्लव, रेस्टुरेन्ट, जात्रा मेला पर्वमा नजान आग्रह गरेकाे छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top