गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

राजनीति बैशाख २ 2078 ekhabarnepal
6077f83badb54 gandaki

कास्की, वैशाख २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार गण्डकी प्रदेश सभाका सभामुख समक्ष अविश्वास प्रस्ताव पेस बुझाउनुभएको छ ।
गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।
कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाका २८ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव तयार भएको थियो ।
सो प्रस्ताव दर्ता हुनु पूर्व नै मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातदेखि लागु हुने गरि गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।
अधिवेशन अन्त्य भएपछि प्रस्ताव दर्ता हुन नपाए पनि आफ्ना तीन सांसदसहितले सो प्रस्ताव सचिवालयमा बुझाएको नेता केसीले बताए ।

प्रदेशसभा सचिवालयमा बुझाइएको सो प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top