लुम्बिनी प्रदेशले गुमायो इमान्दार पत्रकार

समाज बैशाख १ 2078 ekhabarnepal
Nandaram

कपिलवस्तु, वैशाख १ 
लुम्बिनी प्रदेशको कपिलवस्तुका  इमान्दार पत्रकार तथा बरिष्ठ  मानवअधिकारकर्मी नन्दराम पौडेलको हिजो साँझ सडक दुर्घटनामा दुःखद निधन भएको छ । चैत्र ३१ गते राती कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ स्थित चप्पर गाउवाट बुद्धभूमि वडा नं. ४ बुड्ढि गेलबारस्थित आफ्नै निवास फर्कने क्रममा साझ ७.३० मा दुर्घटनामा पर्नु भएका पौडलको घटनास्थलमै निधन भएको हो । मोटरसाइकलमा सवार पौडेललाई पछाडिबाट आउदै गरेको ट्रकले ठक्कर दिएपछि यो घटना भएको हो । 
 ५० बर्षिय पत्रकार पौडेल आफू प्रधान सम्पादक रहेको पत्रिका बुद्धआवाज साप्ताहिकको कार्यालय चार नम्बर जितपुरमा दिन भरी काम गरेर साझ घर फर्कने क्रममा दुर्घटना पर्नु भएको  थियो । मोटर साइकललाई ठक्कर दिए पछि ट्रकलाइ छोडेर चालक भागे पछि स्थानियले महेन्द्रराजमार्ग बन्द गराएका थिए ।दुर्घटना भएको केही बेरमा पुगेको प्रहरीले ट्रकलाइ गोरुसिङ्गे प्रहरी कार्यालयमा पुर्यायो भने स्थानियले बन्द गराएको बाटोलाई मृतकका परिबारले प्रहरीलाई अनुरोध गरेर करिब आधा घण्टा भित्रै खुलाइएको थियो । 
दुर्घटनाबाट निधन भएका पौडेललाई सामुदायिक अस्पताल चार नम्बर जितपुरमा देख्न आफन्त, राजनैतिक पार्टीका नेता, पत्रकार ,मानबाधिकारबादी, जनप्रतिनिधिहरुको ठूलो भिड लागेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का र सहित पोस्टमार्टमको लागि राती नै शब जिल्ला अस्पताल तौलिहवा पठाइसकेको छ । आज बिहान १० बजे लक्षमणघाटमा अन्त्येस्टी गर्ने मृतकका आफन्तले बताएका छन ।
 

प्राप्त प्रतिकृयाहरू

To Top