समृद्ध नेपाल सुखी नेपाली, राष्ट्रिय चाहना

बिचार चैत्र ३१ 2077 ekhabarnepal
169905747 552304099087056 4694692667563449953 n

 

 

रामवहादुर राउत

पृष्ठभूमि

नेपाल लोकतान्त्रिक गणतान्त्रिक शासनमा व्यवस्था कायम छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाललाई समाजवाद उन्मुख शासन व्यवस्था कायम गर्ने परिकल्पना गरिएकोछ । हामी संघीयताको पहिलो पटक अभ्यास गरिरहेका छौँ । मुलुकमा तिन तहको सरकारको परिकल्पना गरिएकोछ । त्यसको लागि संविधानको हरेक तहको सरकारको कार्यविभाजन तथा अधिकार समेत विभाजन गरेकोछ । संविधानलाई कार्यान्वयन गर्नका लागि ऐन नियमहरु निर्माण गर्नुपर्दछ र तीकानुनलाई क्रियाशील बनाउनका लागि नीति तथा कार्यक्रमहरु तय गरेर अगाडि बढाइएकोछ । संघीयताको कार्यान्वयन गर्नको लागि वर्तमान सरकारले निरन्तर कार्य गरिरहेको छ । यो सरकार गठन पश्चात् यसले एउटा राष्ट्रिय चाहना अगाडि सारेको छ । जसलाई सपना वा परिकल्पना भनेर पनि बुझ्न सकिन्छ । त्यो चाहना समृद्ध नेपाल, सुखी नेपाली हो ।

वर्तमान सरकार, नेपालका कम्युनिस्ट पार्टीहरुको मिहिनेत र परिश्रम, त्यसका कार्यकर्ताहरुको लगनशिलता, अनुशासन र सहादतबाट प्राप्त उपलब्धि हो । तर पनि नेपालका कम्युनिस्ट पार्टीहरु, सोचका हिसाबले, स्वार्थका हिसाबले, पदीय लोलुपताको हिसावले,बाह्य प्रभावका हिसाबले विभिन्न चिरामा विभक्त छन् । तर पनि सबैको एउटै कुरा छ त्यो हो निर्वाचन मार्फत सत्तामा पुग्ने । विगतका सशस्त्र विद्रोह गरेका घटनाहरु छाडेर सबै एउटै बाटो छ निर्वाचन वा शान्तिपूर्ण रुपान्तरण ।

वर्तमान सरकारले अगाडि सारेको राष्ट्रिय चाहना समृद्ध नेपाल, सुखी नेपालीलाई माक्र्सवादी दृष्किोणबाट हेर्नुबुझ्नु र लागु गर्नुपर्ने मुख्य कर्तव्य यो सरकारको हो ।

माक्र्सवाद भनेको केहो यसको संक्षिप्त जानकारी उल्लेख गरौँ ःमाक्र्सवादतीन प्रमुख विचारहरुका खम्बाहरुको जोड हो । ती तीनवटा खम्बामा माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद पर्दछन् । समाज परिवर्तनको विचार निर्माण गर्ने काममा माक्र्सवादी दर्शनले मार्ग निर्देशन गर्दछ, समाजको अर्थ व्यवस्थाको निर्माण गर्ने काम अर्थशास्त्रले निर्देशन गर्दछ भने सामाजिक व्यवस्था एवं प्रणाली कस्तो हुन्छ र माक्र्सवादले कल्पना गरेको समाज व्यवस्था कस्तो हो भन्ने बारेमा वैज्ञानिक समाजवादले व्याख्या गर्दछ । यसरी माक्र्सवादले समाजको विचार प्रणाली, आर्थिक व्यवस्था र समाज व्यवस्थाको समुच्चय रुप नै माक्र्सवाद हो ।

  • माक्र्सवादी दर्शनको आधारभूत सिद्धान्त ः द्वन्द्वात्मक भौतिकवाद संसारमा हरेक वस्तु एवं घटनाहरुलाई द्वन्द्ववादी ढंगले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र परिवर्तनका लागि बाटो देखाउने सिद्धान्त हो । यो मूलतः समाजको विकासको सामान्य नियमहरुको द्वन्द्ववादी ढंगले अध्ययन गर्ने पद्धति पनि हो ।
  • द्वन्द्वात्मक भौतिकवादको मूलभूत सिद्धान्त निम्न रहेकाछन् ः
    • विपरीत पक्षहरुबीच एकता र संघर्षको नियम
    • मात्रात्मक परिवर्तनवाट गुणात्मक परिवर्तनको नियम
    • निषेधको निषेध सम्बन्धी नियम
  • माक्र्सवादको सूक्ष्म परिचय पश्चात् अब विषयवस्तुलाई खोतल्दा नेपाललाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने आफ्नो मूल लक्ष रहेको कुरा सबैलाई अवगत गराउन सोची सम्झिकन बनाइएको सूत्रबद्ध चार शब्दको यो सरकारको नारा हो । यसमा सुख र समृद्ध भनेको केहो ? यसको शाब्दिक अर्थ हामीले खोजेर अगाडि बढौँं । समृद्धको अर्थ नेपाली बृहत् शब्दकोशका अनुसार धनधान्य आदिले सम्पन्न, पुगिसरी आएको, उन्नतिशील, उन्नत हुन्छ भने सुखीको अर्थ धन परिवारिक र इष्टमित्र चारैतिरबाट पाएको आनन्दी हुन्छ । यसरी समृद्ध भन्नाले सम्पूर्ण सरसुविधायुक्त, कुनैकुराको पनि अभाव नरहेको अवस्था भन्ने बुझिन्छ । र सुखको अर्थ सामान्यतया सु भनेको राम्रो ख भनेको आकाश वा क्उबअभभन्ने बुझिन्छ । अर्थात राम्रो अवस्था जहाँ पर्याप्त अवसरहरु होऊन् । यो नाराका साथ अगाडि बढेका सरकारका अन्य केही संकल्प छन् अर्थात् नाराहरु छन् जसलाई फरक फरक क्षेत्रमा फरक फरक ढंगले संरचित गरिएका हुन्छन् । हाम्रा नाराहरु ः

निर्माणका हकमा ः इतिहास झल्कने, आधुनिकता टल्कने

स्वास्थ्यको हकमा ः निरोगी नेपाल ।

पूर्वीय मान्यता अनुसार ः सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु माकश्चिद्दुखःभाग्भवेत् ।

यो मान्यताका साथ काम गर्नका लागि हाम्रो अवस्था कस्तो छ ? हामी विश्वमा कुन स्थानमा रहेका छौँ त्यसको बारेमा सोधखोज गर्न आवस्यक देखिन्छ । विश्व मानचित्रमा हेर्दा हामी ः

  • विश्वको कुल क्षेत्रफलको नेपालले केवल ०.००३ प्रतिशत भूभाग क्षेत्र ओगटेको छ ।
  • एसियाको कुल क्षेत्रफलको केवल ०.०३ प्रतिशत मात्र ।
  • विश्वमा पाइने १३ प्रकारको हावापानीमा ८ प्रकारको हावापानी नेपालमा पाइन्छ ।
  • विश्वमा पाइने फूलहरुमा नेपालमा २ प्रतिशत फूल पाइन्छ ।
  • विश्वमा पाइने चरामा ८ प्रतिशत चरा नेपालमा पाइन्छ (८४८ प्रजाति) ।
  • ४ प्रतिशत स्तनपायी जीव नेपालमा पाइन्छ।
  • पुतलीका १५ परिवारमध्ये ११ परिवारका ५०० प्रजातिका ।
  • ६०० प्रजातिका मौलिक वनस्पति ।
  • विश्वमा पाइने ३५ प्रजातीको गुराँसमा नेपालमा २८ प्रजातिको ।
  • विश्वले ४ वटा ऋतु जान्दछ भने नेपालले ६ वटा ।
  • १० वटा उच्च हिमशृंखलामा ८ वटा नेपालमा पर्दछ ।

 

यो पृष्ठभूमिमा हामी समृद्ध नेपाल सुखी नेपालीको चाहना बोकेर अगाडि बढिरहेका छौँ । यो चाहना पूरा गर्नका लागि राष्ट्रिय योजना आयोगले समृद्ध नेपाल र सुखी नेपाली भएको अवस्था मापन गर्नका लागि केही सूचक तय गरेको छ ।

ती सूचक २०७४/०७५ देखि २०८०/०८१ सम्ममा निम्न कुराहरु पूरा गर्ने गरी विभिन्न कार्यक्रम तथा क्रियाकलाप तय गरिएकाछन् । आज हामी २०७७/०७८ आव अन्तिम क्षणतिर छौँ । यस आलेखमा पहिला सूचकको बारेमा चर्चा गरौँ जसमा समृद्धिका ३१ र सुखका २४ सूचक समावेश गरिएको छ ।

 

समृद्धिका ३१ राष्ट्रिय लक्ष गन्तव्य र सूचक

 

समृद्धिका राष्ट्रिय लक्ष इकाइ

आ.व

२०७४/०७५

आ व

०८०/०८१

कैफियत
आर्थिक वृद्धिदर प्रतिशत ५.९ १०.३  
प्रतिव्यक्ति कुल राष्ट्रिय आय अमेरिकी डलरमा १०१२ १६००  
निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या प्रतिशत १८.७ १३  

बहुआयामिक गरिबीमा रहेको जनसंख्या

प्रतिशत २८.६ १४  
आमदानीमा माथिल्लो १० र तल्लो ४० प्रतिशतको जनसंख्या अनुपात अनुपात १ः३ १ः२५  
सम्पत्तिमा आधारित जिनी गुणक गुणक ०.३१ ०.२८  
औसत आयु वर्ष ६९.७ ७२  
मातृमृत्यूदर प्रतिलाख जीवितमा संख्या २३९ ९९  
५ वर्ष मुनिका बालमृत्युदर प्रतिहजारमा संख्या ३९ २४  
साक्षारता दर (१५ वर्ष माथि) प्रतिशत ५८ ९०  
युवा साक्षारता (१५ देखि २४) प्रतिशत ८५ ९९  
आधारभूत तहमा भर्नादर(कक्षा १ देखि ८) प्रतिशत ९२.२ ९९.५  
काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसंख्या प्रतिशत २५ ५५  
श्रमशक्ति सहभागिता दर प्रतिशत ३८.५ ४८.५  
बेरोजगारी दर प्रतिशत ११.४  
रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा प्रतिशत ३६.५ ५०  
राष्ट्रिय लोकमार्ग कि मि ६९७९ १५०००  
द्रुत मार्ग कि मि ६९  
रेलमार्ग कि मि ४२ ११२  
३० मिनेट सम्म यातायातको पहुँच भएको परिवार प्रतिशत ७८.५ ९५  
विद्युतको पहुँच प्राप्त परिवार प्रतिशत ९०.७ ९९  
इन्टरनेट प्रयोगकर्ता जनसंख्या प्रतिशत ५५.४ ७५  
जलविद्युत उत्पादन(जडित) मेगावाट १०२० ५०००  
प्रतिव्यक्ति विद्युत उपभोग किलोवाट घण्टा १९८ ७००  
ऊर्जा उपभोगमा नवीकरणीय ऊर्जा अनुपात प्रतिशत ८५.५ ९५  
निर्यात आयातको अनुपात अनुपात १ः१५ः.३ १ः१०.५  
श्रम उत्पादकत्व रु हजार १८४.६ २७६  
कृषि उत्पादकत्व मे ट प्रति हे २.९७ ३.९८  

अर्थतन्त्रमा क्षेत्रगत योगदान ः १.कृषि वन खानी

२.उद्योग

३. सेवा

प्रतिशत

प्रतिशत

प्रतिशत

२८.२

१४.२

५७.६

२३

१९.१

५८.७

 

 

सुखका २४ राष्ट्रिय लक्ष र सूचक

 

समृद्धिका राष्ट्रिय लक्ष इकाइ

आ.व

२०७४/०७५

आ व

०८०/०८१

कैफियत
५ वर्ष मुनिका कम तौल भएका बालबालिका प्रतिशत २७ १५  
मानव विकास सूचकांक सूचकांक ०.५७४ ०.६२४  
नागरिक सन्तुष्टिको अनुभूति सूचकांक सूचकांक ४.७    
सुरक्षित आवासमा बस्ने जनसंख्या प्रतिशत ३७.८ ४९.९  
आफ्नो स्वामित्वको आवासमा बस्ने परिवार प्रतिशत ८५.३ ८९  
धितोपत्रमा लगानी गर्ने जनसंख्या प्रतिशत ४.४ १२  
लैङ्गिक विकास सूचकांक सूचकांक ०.९२५ ०.९६३  
जीवनकालमा श्रीमानबाट शारिरिक मानसिक वा यौनहिंसा पीडित महिला प्रतिशत १६.३ १३  
दर्ता भएका अपराधका घटना र अनुसन्धानको अनुपात अनुपात ९६.५ १००  
मातृभाषामा पठनपाठन हुने विद्यालयको संख्या संख्या २७० २७०  
राष्ट्रिय बजेटमा सामाजिक सुरक्षा खर्च प्रतिशत ११.३ १३.७  
आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या प्रतिशत १७ ६०  
वायुप्रदूषणको औसत मात्रा (पिपिएम २.५) माइक्रोग्राम प्रति घ ५३ ४०  
लोपोन्मुख, संकटापन्न र जोखिममा परेको प्रजाति वनस्पति संरक्षण संख्या ५८९ ५८९  
अनुकूलन योजना तयार भई कार्यान्वयन भएका स्थानीय तह संख्या २१७ ५५०  
विपदका घटनाबाट प्रभावित जनसंख्या प्रतिलाख ३८५६ २००  
विपदका घटनाबाट मृत्यु हुने जनसंख्या प्रतिलाख १.७ १.०९  
कानुनी शासन सूचकांक सूचकांक ०.५३ ०.५८  
भ्रष्टाचार अनुभूति सूचकांक सूचकांक ३१ ४१  
हेलो सरकारमा परेका उजुरीको फस्र्यौट प्रतिशत ४८.१३ ९८  
राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नेपाली प्रतिशत १००  
५ वर्ष मुनिका बालबालिकाको जन्मदर्ता प्रतिशत ५६ १००  
आधारभूत खाद्य सुरक्षाको स्थितिमा रहेका परिवार प्रतिशत ४८.२ ७०  
कुल आयातमा अत्यावश्यक वस्तु (कृषि उपज,जीवजन्तु र खाद्य पदार्थ) को अंश प्रतिशत १४.७  

 

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय चाहना पूरा गर्नका लागि निम्न कुरालाई आधारको रुपमा लिन सकिन्छ र सरकारले यिनै कुरालाई आधार बनाएकोछ ः

कृषि

  • हिमाली भेगमा स्याउ, ओखर, खुर्पानी, कागती बदाम, जस्ता फलफूल केशर, पाँचऔले, पदमचाल,जटामसी, यार्सागुम्हा,लगायतका बहुमूल्य जडिबुटी खेती, भेडा च्यांग्रा चौरी लगायत पशुपालन ।
  • महाभारत क्षेत्रमा कागती, सुन्तला, जुनार, लगायत फलफूल, मौसमी तथा बेमौसमी तरकारी खेती, गाइभैँसी, बाख्रा भेडा, बंगुर कुखुरा लगायत पशुपक्षी पालन, खाद्यवाली लगायत कृषिमा लगानी गरि उत्पादन गर्ने र उत्पादित वस्तु निर्यात गर्ने ।
  •  चुरे क्षेत्रमा लिची, आँप लगायतका फलफूल, मौसमी तथा बेमौसमी तरकारी खेती, कुखुरा लगायत पशुपालन गर्ने ।
  • तराई क्षेत्रमा धान गहुँ मकै लगायत अन्नबाली तरकारी तथा पशुपक्षी पालन । तराईमा ठूला फार्महरु स्थापना तथा सञ्चालन गर्न सकिन्छ साथै माछापालन लगायत वस्तुको उत्पादन गर्न सकिन्छ ।

पर्यटन

  • पर्यटनको क्षेत्रमा नेपाल हरेक क्षेत्रबाट उपयुक्त देश मानिन्छ ।
  • खास गरेर, हिमशृंखला आरोहण, साहसिक जलयात्रा, १२० जातजाती १०३ भाषाभाषीको अध्ययन, संस्कृतिको अध्ययन लगायतका क्षेत्रहरु पर्यटनका लागि आकर्षक क्षेत्र हुन् ।
  • हाम्रो देश ३३ कोटी हिन्दु देवता, हिन्दु र मुस्लिमले मान्ने आलम, गौतम बुद्धको जन्मथलो लुम्बिनि धार्मिक पर्यटनका हिसाबले उपयुक्त स्थान छन् ।
  • हाम्रा अधिकांश हिन्दुहरुको तीर्थस्थल यो देशको उत्तरी क्षेत्रमा छन भने हिन्दु धर्म मान्ने मानिस दक्षिण अर्थात् भारतमा बस्दछन् ।
  • बुद्धधर्मावलम्बी चिन अर्थात् उत्तरतर्फ छन् भने लुम्बिनी मुलुकको दक्षिण क्षेत्रमा अवस्थित छ । यो हिसाबले मुलुकभित्र पर्याप्त यात्रा गर्दा मात्र गन्तव्यमा पुगिने भएकोले धार्मिक पर्यटन सफल छ ।
  • विश्वका उच्च हिमशृंखलामध्ये ८ वटा नेपालमा नै छन् ।
  • विश्वकै अग्लो हिमशृंखला, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हिमताल लगायतका गहना नेपालमा नै छन्।

जलस्रोत

  • नेपाल जलस्रोतका हिसाबले दोस्रो धनी देश हो ।
  • यसको उत्पादन क्षमता ८३ हजार मेघावाटभन्दा बढी छ ।
  • नेपालमा साहसिक जलयात्रा लगायतका हिसाबबाट आयआर्जन गर्न सकिन्छ ।
  • गुणस्तरीय पिउने पानी उत्पादन गरी विश्वबजारमा पठाउन सकिन्छ ।
  • विभिन्न नदीहरुलाई डाइभर्सन गरी हरेक ठाँउमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिन्छ ।

सुखका आधार

  • सकारात्मक सोच चिन्तन
  • आत्मविश्वास
  • नियमित आयाम व्यायाम
  • दया/माया/करुणा
  • ध्यान/योग
  • कार्यमा निरन्तरता

समाजवाद उन्मुख आर्थिक नीति तथा कार्यक्रम

  • राष्ट्रिय पुँजीको विकासका लागि घरेलु उद्योगको विकास, रुग्ण उद्योगको पुन सञ्चालन र राष्ट्रिय तहमा विभिन्न उद्योग सञ्चालनार्थ कायक्रम सञ्चालन ।
  • कृषि, पर्यटन तथा जलश्रोतको विकासका लागिलगानी (प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनार्)
  • युवालक्षित कार्यक्रम सञ्चालन(प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम, कोशी इकोनोमीक करिडोर, भेरी कर्णली इकोनोमिक करिडोर, काठमाण्डौ उपत्यका स्वरोजगार कार्यक्रम, तराई मधेश स्वरोजगार)
  • श्रमिकहरुको सुरक्षाका निम्ती सामाजिक सुरक्षा कोष स्थापना ।
  • सडक मानवहरुको व्यवस्थापन ।
  • शान्ति प्रक्रियालाई पूर्णता दिई आर्थिक विकास अभियानलाई निर्विघ्न सञ्चालन गर्न सहजीकरण ।
  • उत्तरदक्षिण नाका खुला गरी निर्यातमूलक गतिविधि बढाउने नीति ।
  • प्रदेश तथा स्थानीय तहले उत्पादनमा अनुदान ।
  • तिनखम्बे अर्थनीति मार्फत निजी, सहकारी तथा सरकारी लगानी मार्फत आयमूलक अभियान ।

यी लक्ष तथा गन्तव्य सहित सूचक बनाएर काम गरिरहँदातिन वर्षमा निम्नलिखित उपलब्धि हासिल भएका छन ः

हाम्रो सरकारले विगत ३ वर्षमा प्राप्त गरेका सफलता

  • औसत आयु ६९.६ वर्षबाट ७१.७ वर्षमा पु¥याएको ।
  • प्रतिव्यक्ति आय अमेरिकी डलरमा १०३९ बाट १११५ पुगेको छ र २०२४ सम्म १४०० पु¥याउने लक्ष छ ।
  • सहरी जनसंख्या १७.७ प्रतिशतबाट २१.१ प्रतिशत पुुगेको छ ।
  • सडकको क्षेत्रमा यो तिन वर्षमा ११ हजार किमि बाटो निर्माण भएको छ भने ३ हजार किमि बाटो कालोपत्रे गरिएको छ ।(जसमा कर्णाली, हुलाकी, मदन भण्डारी र काठमाण्डौ निजगढ प्राथमिकतामा छन्।)
  • ५४० पक्की पुल र ७५० झोलुंगे पुल बनेकाछन् र तुइन विस्थापित भएको छ ।
  • सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ भने काठमाण्डौ निजगढ फास्टट्र«याक र सिद्धबाबाको सुरुङमार्गको डिपिआर तयार भएर ठेक्का प्रक्रियामा अगाडि बढेको छ ।
  • २ वटा विमानस्थल निर्माण सम्पन्न हुने चरणमा छन् भने निजगड अब चाँडै नै निर्माण सुरु हुँदैछ ।
  • ३४ वटा घरेलु विमानस्थल सुचारु गरिएको छ भने हजारौँको संख्यामा हेलिप्याड निर्माण गरिएको छ ।
  • मेलम्चीको खानेपानी काठमाण्डौमा आइपुगेकोछ भने एक घर एक घाराको अभियान आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष बनेको छ ।इन्टरनेट सेवा ६१ प्रतिशतबाट ७५ प्रतिशत पुगेको छ भने घन् बाट द्धन् सेवामा स्तरोन्नति भएको छ ।
  • विगत ३ वर्षअघि प्रतिव्यक्ति विद्युत् खपत १५४ किलोवाट थियो भने हाल २८० किलोवाट खपत गर्दछन् । उत्पादनका हिसाबले १०३१ मेघावाटबाट १४३० मेघावाट भएकोछ भने ५वर्षभित्रमा ५००० मेघावाट उत्पादन गर्ने लक्षका साथ काम भइरहेको छ।
  • पुनर्निर्माणका हकमा ५ लाख निजी घर, ३००० विद्यालय, ४७२० जोखिमयुक्त घरहरुलाई नयाँ घर बनाएर सारिएको छ । रानीपोखरी, धरहरा, काष्ठमाण्डप, दरबार हाइस्कुल, केशरमहल, बबरमहल, सिंहदरबार लगायतका सम्पदा निर्माण भइसकेकाछन् ।
  • पेट्रोलियम पाइपलाइन निर्माण भई अमलेखगञ्जसम्म पाइपलाइनबाट तेल आउन सुरु भएको छ ।
  • शान्ति प्रक्रियालाई पूर्णता दिने, सिके राउत, नेत्रबिक्रम चन्द(विप्लव) जस्ता फरक तवरबाट आन्दोलन चलाइरहेका समूहलाई राजनीतिक मूल धारमा ल्याउन सफल ।
  • राष्ट्रियताको मुद्दामा कालापानी, लिम्पियाधुरा र लिपुलेक जस्ता भारतबाट अतिक्रमित भूभागलाई नेपालको दावा प्रस्ताव गरी नक्सा प्रकाशन गर्न सफल ।
  • सामाजिक सुरक्षा कोष मार्फत मजदुरको हित, प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम मार्फत रोजगारी सृजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषिलाई व्यावसायिक बनाउन सफल ।
  • जेष्ठ नागरिकको सुरक्षा भत्ता वृद्धि लगायतका सामाजिक सुरक्षाका कार्यक्रम अगाडि बढेको छ ।

 

हामीले यसरी सफलता हासिल गरिरहँदा हाम्रा अगाडि अवसरका ढोका खुलिरहेकाछन् । ती अवसरहरुलाई यसरी पहिचान गर्न सक्दछौँ ।

अवसरहरुः

  • हामी भरखरै अल्पविकसित देशबाट विकाससिल देशमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्र«संघबाट सिफारिस भएका छौँ । अब हामी विकसित देशमा स्तरवृद्धि गर्ने र हरेक मामलामा नेपाललाई अगाडि उभ्याउने अवसर हाम्रा अगाडि छ।
  • हामी खुसी हुने जनसंख्या भएको देशहरुमा दक्षिण एसियामा पहिलो भएका छौँ अब हामी एसिया हुँदै विश्वमा नै पहिलो हुने अवसर हाम्रा अगाडि छ ।
  • हामीले सन २०२४ सम्म ५००० मेघावाट विद्युत उत्पादन गरेर विद्युत विक्री गर्ने देशमा उक्लिँदै छौँ अझ हामीले सैद्धान्तिक रुपमा ७८२९० मेघावाट प्राविधिक रुपमा ४१६१० आर्थिक रुपमा ३७१३३ मेघावाट विद्युत उत्पादन गरेर झिलिमिली नेपाल (उज्यालो नेपाल) निर्माण गर्ने अवसर हाम्रो अगाडि छ ।
  • कृषिलाई थप आधुनिकीकरण गरी व्यावसायिक रुप दिने, निर्यातमुखी उद्योग स्थापना गरी देशलाई औद्योगीकरण गर्ने कार्य हाम्रा अगाडि अवसर हुन् ।
  • दुई विशाल छिमेकी मुलुकलाई आफले उत्पादन गरेका वस्तु विक्री गरी व्यापार सन्तुलन गरी मुद्रा सञ्चिति गर्ने अवसर पनि हाम्रा अगाडि छन् ।
  • हाम्रा अगाडि अवसरै अवसरको थुप्रो छ जसलाई उत्खनन गर्नुछ ।
  • अझ पनि हाम्रो देशमा गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत र बहुआयामिक गरिबी २८.६ प्रतिशत रहेको छ । त्यसलाई शून्यमा झार्ने र सबैलाई समृद्धिको अवस्थामा पु¥याउने अवसर हाम्रो अगाडि रहेको छ ।

 

यो अवसरलाई उपयोग गर्दै समृद्ध नेपाल निर्माण गर्नका लागि निम्न निकायहरुको निम्नलिखित दायित्व पुरा गर्नुपर्ने हुन्छ ः

राष्ट्रिय चाहना पूरा गर्न राज्यले निर्वाह गर्ने दायित्व

  • नागरिकका अधिकारको सम्मान उपयोगका लागि संविधानको परिपालना ।
  • शान्तिपूर्ण वातावरणको निर्माण ।
  • व्यवसायमैत्री वातावरण निर्माण ।
  • हालकायुवालक्षित, कृषक लक्षित, उद्योगमैत्री कार्यक्रम निरन्तरता ।
  • गैरआवासीय नेपालीहरुलाई देशमा काम गर्ने वातावरण निर्माण गर्ने ।
  • लगानीमैत्री वातावरण निर्माण गर्ने ।
  • सुशासन कायम गर्ने
  • भ्रष्टाचार नियन्त्रण गर्ने ।
  • वैज्ञानिक, व्यावसायिक तथा मानवमूल्यमा आधारित शिक्षा नीति तय गर्ने ।
  • समृद्धिका मुख्य आधार, कृषि, पर्यटन र जलस्रोत विकासका लागि आवश्यक पूर्वाधार निर्माण ।
  • डिजिटल नेपाल निर्माणका आधार तय गर्ने ।
  • आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ गर्ने ।

पार्टी, नेता तथा कार्यकर्ताको दायित्व    

  • सरकार जनताको बीच पुलको काम गर्ने ।
  • सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्ने ।
  • तिनवटै सरकारबाट तयार पारिएका योजना विनियोजित बजेट कार्यान्वयनमा पहल गर्ने ।
  • भ्रष्टाचार हुन नदिनका लागि अभियान सञ्चालन गर्ने ।
  • जनवर्गिय संगठनले आफ्ना मोर्चाका योजना निर्माण गरी त्यस क्षेत्रलाई उत्पादनमा लगाउने ।
  • हरेक कार्यकर्ता उत्पादनसँग जोडिने ।
  • युवासंघले युवाहरुलाई खेलकुद, आयआर्जन, सिप विकास, अनुसन्धान लगायतका उत्पादनका काममा लगाउने योजना निर्माण गर्ने राजनितिक रुपले प्रशिक्षित गर्दै काममा लगाउने ।
  • किसान महासंघले किसानका हरेक सवालसँग जोडिएर कार्य गर्ने ।
  • अनेमसंघले महिलाका हक अधिकारसँग जोड्दै आयमूलक काममा लगाउने योजना निर्माण गर्ने ।
  • अनेरास्ववियुका विद्यार्थीहरुले विद्यार्थीलाई कसरी सृजनशील बनाउन सकिन्छ त्यसको अभियान सञ्चालन गर्ने ।
  • अन्य जनसंगठनले आफ्ना विषयगत क्षेत्रका योजना निर्माण सरकारलाई नीति निर्माणमा सहयोग गर्ने ।
  • सञ्चारकर्मीहरुले सफल कथा र सफल हुनुका कारण साथै थप सफलता हासिल गर्न सकिने उपायको खोजी गरी सरकारलाई सुझाव दिने ।

आम नागरिकको दायित्व

  • राज्यले जारी गरेकासंविधान, ऐन, नियम कानुनहरुको पूर्ण रुपमा परिपालना ।
  • राज्यले तय गरेका करहरु तोकिएकै समयमा भुक्तानी ।
  • हरेक नागरिकले राज्यले तय गरेका कार्यक्रमहरुको कार्यान्वयन गर्ने त्यसबाट लाभान्वित हुने ।
  • नियमित निर्वाचनमा सहभागी भई मतदान गर्ने ।
  • राज्यले गर्ने हरेक कार्यको निगरानी गर्ने ।
  • हरेक उत्पादनका कार्यमा जोडिनुपर्दछ ।
  • आफ्नो सिप क्षमताको संरक्षण, संवद्र्धन र विकास गर्ने कार्यमा सहभागी हुने ।
  • राज्यको कानुनको परिधिभित्र रही उद्योग कलकारखाना सञ्चालन गर्ने ।
  • नागरिक समूह, संस्था, सहकारी समाज निर्माण गरी सरकारसँग सहकार्य गरी कार्य गर्ने ।
  • राज्यका सेवा सुविधा उपभोग गर्ने ।

विदेशमा रहेर नेपाललाई माया गर्ने नेपालीहरुकोे दायित्व

  • आफ्ना सिकाइहरु सकेसम्म नेपाल भित्र्याउनुहोस् ।
  • पार्टीलाई सुझाव दिनुहोस् ।
  • नेपालमा पर्यटक पठाउन सहयोग गर्नुहोस् ।
  • नेपालमा लगानी गर्नुहोस् ।
  • नेपालका मौलिक ज्ञान , सिप, प्रविधि विश्वभर फैलाउनुहोस् ।
  • नेपालको संस्कृति, खाना, पोसाक आदिको प्रचार प्रसार गर्नुहोस् ।
  • नयाँ खोज अनुसन्धानमा प्राप्त भएको कुरा नेपालमा सेयर गर्नुहोस् ।
  • नेपाली भाषा, संस्कृत भाषा लगायत नेपालभित्र बोलिने राष्ट्रिय भाषाहरुलाई विस्तार गर्नुहोस् ।
  • नेपालको पहिचान विस्तार गर्ने काममा निरन्तरता दिनुहोस् ।

अन्त्यमा

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि क्रियाशिल सरकार हामीले प्राप्त गरेका छौँ । यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कार्यमा संविधानले लक्षित गरेको समाजवाद उन्मुख व्यवस्थाका जगमा काम गरिरहेको छ । यसमा विभिन्न घटना परिघटनाले सरकारलाई गतिहीन बनाउन र यसलाई ढाल्न गठन भएकै दिनदेखि भूमिका खेलिरहेको छ यसको बावजुद पनि हाम्रो सरकार समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय चाहना पूरा गर्नेतर्फ उन्मुख भएर क्रियाशील छ । वर्तमान सरकार राष्ट्रिय चाहनापूरा गर्न यस प्रकारको अवस्था सृजना गर्न लागि परेको छ । मुलुकका सम्मानीय प्रधानमन्त्री श्रीकेपी शर्मा ओली र वहाँको टिम यो स्पिरिटका साथ क्रियाशील छ । हामी सबै राष्ट्रिय चाहना पूरा गर्न लागिपरौँ ।

संकल्प गरौँ ः मैले नगरे कसले गर्छ ?अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ?

प्राप्त प्रतिकृयाहरू

To Top