माओवादीका चार सांसदको पद गयो, अब ६ महिना मात्रै मन्त्री हुन पाउने

राजनीति चैत्र २६ 2077 ekhabarnepal
2

काठमाडौँ 

माओवादी केन्द्रका चार जना सांसदको पद गएको छ। बिहीबार सभामुख अग्निप्रासद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र सदनमा पढेर सुनाएपछि लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भएका हुन्।

उनीहरु चारै जना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी छन्।

नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। पार्टी केन्द्रीय कमिटीको निर्णयबारे मंगलबार अध्यक्ष प्रचण्डले संसद सचिवाललाई जानकारी दिँदै पदमुक्त गर्न पत्राचार गरेका थिए।

संसद अधिवेशन चलिरहेको अवस्थामा पदमुक्त भएको जानकारी सभामुखले सदनमा सुनाउने पर्ने व्यवस्थाअनुसार बिहीबारको बैठकमा जानकारी गराउन गराइएको हो।

सांसद पद गएसँगै उनीहरु अब ६ महिना मात्रै मन्त्री हुन पाउनेछन्।

संविधानको धारा ८९ (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु जुन दलबाट निर्वाचित भएको हो त्यो कार्यकाल भर त्यही दलमा रहनु पर्ने अन्यथा पद नै जाने प्रष्ट व्यवस्था गरेको छ।

फागुन २३ गते सर्वोच्चले दिएको आदेशअनुसार दुवै पार्टी ब्युतिएपछि चार सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीको शाथ नछाड्ने घोषणा गरेसँगै राजनीतिक रुपमा उनीहरुको पद जाने निश्चित भइसकको थियो।

राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलसहित चारजना नेताहरु एमालेको केन्द्रीय सदस्य नियुक्त भइ अरु जिम्मेवारीसमेत पाइसकेका छन्।

दल सम्बन्धी ऐनले अरु दलको सदस्यता लिएमा स्वत दल त्याग गरेको मानिने र त्यसले सांसद पद रिक्त हुनेबाटो खोल्ने व्यवस्था गरेको छ।

मंगलबार अध्यक्ष दाहालले संसदमा लेखेको पत्रमा पनि उनीहरुले एमालेको सदस्यता लिइसकेकाले आफ्नो पार्टीको सदस्य नभएको जानकारी गराउँदै सांसदबाट मुक्त गर्न भनेका थिए। बादललाई पदमुक्त गर्न भने राष्ट्रियसभा सचिवालयमा छुट्टै पत्र दर्ता हुने माओवादीले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top