फागुन २८ र त्यस पछिका निर्णयबाट पछि हट्न सकिदैन : प्रम

राजनीति चैत्र १३ 2077 ekhabarnepal
1


काठमाडौं, चैत १३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले )को संसदीय दलको बैठक सकिएको छ । सर्वोच्च अदालतको फैसला पछि बाहिरिएका केही सांसद बैठकमा सहभागी भएकोले बैठक नविन खालको  रहेकाे एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी गराउनुभयो ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  फागुन २८ पछिका निर्णयहरुमा ‘व्याक’ हुन नसक्ने बताउनुभयो । त्यस्तै संसदीय दलको विधानमा भएको परिवर्तन अहिलेलाई अनुमोदन भई सकेको हाललाई त्यसमा संशोधन नहुने बताउनुभयो ।
पार्टीले गुटगत र समूहगत हिसावले कुराकानी नहुने उहाले बताउनुभयाे । साथै अब संसदीय दलको बैठक नियमित बस्ने सो बैठकमा विष्णु पौडेलले वजेटका बारेमा विचार दिन आग्रह गर्नुभयो । सहभागी गोकर्ण विप्ट, योगेश भट्टराई घनश्याम भुषाल लगायतका नेताले ऐतिहासिक अबसर भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top