संसदीय दलको बैठकमा नेपाल पक्षका नेता पोखरेलले भने, ‘म मुलधारमा लागे, कतै गल्ती भए माफी पाउँ

राजनीति चैत्र ७ 2077 ekhabarnepal
1

काठमाडौँ, चैत ८
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका नेता कृष्णभक्त पोखरेल पनि सहभागी भएका छन्।

ओलीले शनिबार बालुवाटारमा बोलाएको बैठकमा नेपाल पक्षका कुनै पनि नेता सहभागी नहुने भनिएका बेला नेता पोखरेल बालुवाटार गएका हुन्।

उनी संसदको कानुन न्याय तथा मानवाधिकार समितिका सभापति हुन्।

बैठकमा सहभागि भएपछि उनले भने,‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो। अब म मुलधारमा लागे। कहीँ कतै गल्ती भए माफी पाउँ।’

प्राप्त प्रतिकृयाहरू

To Top