नेकपा (एमाले) संसदीय दलको बैठक बिहीवार बस्ने

राजनीति चैत्र ४ 2077 ekhabarnepal
3

काठमाडौं, चैत ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भोलि (बिहीवार) विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
संसद बैठक बसिरहेका बेला पार्टी संसदीय दलको बैठक बस्नु नियमित प्रक्रिया हो प्रमुख सचेतक भट्टराईले भन्नुभयो, “बैठकका लागि पार्टीका सबै सांसदहरुलाई निमन्त्रणा गरेका छौं, नेता माधावकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।”
बैठकमा आउने नआउनेबारेमा नेपाल पक्षका सांसदहरुबाट कुनै प्रतिक्रिया आइनसके पनि बैठकमा आउनुहुन्छ भन्ने आफूहरुको विश्वास रहेको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।
खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला भोलि बिहीबारसम्म चल्ने भएकाले सांसदहरु बैठकमा जाने सम्भावना कम रहेको सो पक्षका नेताहरुले बताउनुभएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top