कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

राजनीति चैत्र ४ 2077 ekhabarnepal
1

सुर्खेत, चैत ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएको थियो । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र सर्वोच्वले पार्टी एकीकरण खारेज गरेर एमाले र माओवादी केन्द्र यथावतमा राखिदिएपछि यसले प्रदेशसम्म प्रभाव पारेको हो । एमाले संसदीय दलका सचेतक गुलाबजंग शाहले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारमा एमालेबाट अहिले तीन जना मन्त्री छन् । उनीहरुलाई पनि फिर्ता बोलाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको बैठकमा भने माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु उपस्थित भएका थिएनन् । सभामुख बाहेक एमाले संसदीय दलमा १९ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये बुधबारको बैठकमा १० जना सहभागी भएका थिए । बैठकमा बहुमतको संख्या उपस्थित भएको उहाँले बताउनुभयो । नेपाल पक्षका प्रदेशसभा सदस्य पद्मा खड्का र पदमबहादुर रोकाय केपी शर्मा ओली पक्षमा आइसकेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top