सत्ता साझेदारीका लागि एमाले र जसपाले  कार्यदल बनाए

राजनीति फागुन २५ 2077 ekhabarnepal
Mahato and thakur1615291678

काठमाडौं, फागुन २५

नेकपा (एमाले) र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल बनाएका छन्।

उक्त कार्यदलको सोमबार प्रारम्भिक चरणको वार्तासमेत भइसकेको छ। सरकार गठनजस्ता विषयमा भने कार्यदलमा छलफल नहुने कर्णको दाबी छ।
यो कार्यदलमा जसपाबाट कर्ण र सर्वेन्द्रराज शुक्ल छन्।

एमालेबाट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलगायत नेता छन्।

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो। तर यी दुई दलको संसदीय दलका नेता फरक(फरक छन्। 

केपी शर्मा ओलीलाई बहुमत पुर्‍याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्।

सरकार बनाउन १३८ जना सांसद चाहिन्छ।  प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्। 

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समझदारीमा  एमालेसँग सत्ता साझेदारको लागि प्रयास भएको हो।

जसपाको तर्फबाट कार्यदलमा रहेका शुक्ल ठाकुर निकट हुन् भने कर्ण महतो निकट हुन्।

ुसूत्रहरुका अनुसार केही दिनअघि ठाकुरजीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी कार्यदल बनाउनुभएको वताइन्छ । यसबारेमा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई जानकारी छैन। 
जसपाभित्र सत्ता गठबन्धनका लागि दुई धार देखिएको छ। भट्टराई र यादवले सहकार्य गर्नै नहुने अडानमा छन् भने ठाकुर र महतो ओलीसँग सहकार्य गर्ने पक्षमा छन्।

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बने पनि यी दुई दलको संसदीय दलका नेता फरकफरक छन्।

केपी शर्मा ओलीलाई बहुमत पुर्‍याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्।

सरकार बनाउन १३८ जना सांसद चाहिन्छ।  प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।

प्राप्त प्रतिकृयाहरू

To Top