मोतिपुर प्रकरणः एकदिनमै उत्रियो मुकुण्डो

राजनीति फागुन २२ 2077 ekhabarnepal
1615042680img 20210306 192455

डी.आर. घिमिरे
मोतिपुर औद्योगिक करिडोर निर्माणमा ब्यवधान खडा गर्नेहरुले जतिसुकै राजनीतिक मुद्वा वनाउन खोजे पनि उनीहरुको मुकुण्डो एक दिन पनि टिकेन ।
शुक्रवार दिउसो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने कार्यक्रमलाई विथोल्ने प्रयास असफल भए लगत्तै शनिवार दिउसो नेपाल औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र मोतिपुर औद्योगिक करिडोर प्रभावित स्थानीय बासिन्दाहरुकाबीच मोतिपुर औद्योगिक करिडोर निर्माणलाई निर्वाध अगाडी बढाउने गरी सहमती भएको छ । 


हिजो दिउसोदेखि सरकारले स्थानीय वासिन्दाको हक अधिकार खोसेको आरोप लगाउँदै जन विरोधी विकासको आवश्यक नरहेको कुतर्क गर्नेहरुलाई जनताले लोप्पा खुवाइदिएका छन् । औद्योगिक क्षेत्रको निर्माण पश्चात् रोजगारीको ग्यारेन्टी गर्ने, स्थानीय उद्योगलाई प्राथमिकता दिनुपर्नेजस्ता माग गर्न छाडेर आयोजनानै असफल पार्ने कुत्सित मनसायलाई स्थानीयले चोटिलो प्रहार गरेका छन् ।
सहमति पश्चात् टोल बिकास संस्थाका अध्यक्षहरुले शुक्रवार भएको घटनामा आफुहरुलाई गलत ढंगले प्रयोग गर्न खोजिएको र सरोकार नै नभएका सियारी र सुद्धोधनका केही ब्यक्तिहरु आएर घटना घटाउन उद्यत रहेको बताए ।
पहिलो चरणमा बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगञ्जका २ हजार ३ सय घरधुरी रहेका स्थानीयका प्रतिनिधि र औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका बिच ७ बुंदे सम्झौता भएको छ । जस अनुसार औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउने सहमती भएको छ ।
स्थानीयको तर्फबाट नमुना टोल बिकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका तर्फबाट अध्यक्ष बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
सम्झौतामा शिलान्यासका क्रममा भएको घटनाप्रति दुख ब्यक्त गर्दै मोतिपुर औद्योगिक करिडोरको निर्माणलाई स्वागत गरिएको छ । यस्तै जग्गाको नांपजाँच र यकिन तथ्यांक तयार गरी निर्माण कार्य अगाडी बढाउने, आगामी दिनमा करिडोर निर्माणमा अवरोध गर्नेहरुप्रति प्रतिवाद गर्ने, करिडोर निर्माणका लागि बातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रुप दिन सार्वजनिक सुनुवाई गर्ने र त्यसका लागि स्थानीयले सहयोग गर्ने सहमती भएको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिका अन्तरगत साविक मोतिपुर गाविसको सेक्टर बि अन्तरगतको कित्ता नं ४७ र ४८ लाई अलग राखि डिपिआर गरिएको र त्यसको यथोचित ब्यवस्थापन गरि काम अगाडी बढाउने कुरा पनि उल्लेख छ ।
वडा नं १७ का वडा अध्यक्ष सन्त बहादुर रानाको रोहवरमा भएको सहमती पत्रमा टोल बिकास संस्थाका अध्यक्ष बुढाथोकीसंगै २ हजार ३ सय घरधुरीको तर्फबाट १० वटा टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा ५ वटा सेक्टरका अध्यक्षहरुले सहमती जनाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top