सरकार र विप्लव समूह दुवैले वार्ता समिति गठन गरे

राजनीति फागुन १८ 2077 ekhabarnepal
Badal biplab 9vwnawt2ko

काठमाडौं, फागुन १८
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरिएको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्।

टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी केपी शर्मा ओली नेतृत्वको यहि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

उता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि आजै वार्ता टोली गठन गरेको छ।

पार्टी महासचिव विप्लवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ुदीपकु सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जनाएका हुन्।

ुनेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो पार्टी सहमत भएको छु, विज्ञप्तिमा भनिएको छ, ुपार्टीका तर्फबाट वार्तामा सहभागी बन्न केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं।ु


 

प्राप्त प्रतिकृयाहरू

To Top