बुटवलमा दोश्रो केवलकार शिलान्यास हुँदै अर्थमन्त्रीबाट

समाज फागुन ८ 2077 ekhabarnepal
Images

बुटवल, फाल्गुण ०९
इेतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीवाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्वार्थ केवलकार आइतवार शिलान्यास हुँदैछ । लोकप्रिय अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं रुपन्देही जिल्लाका जनप्रतिनिधि विष्णुप्रसाद पौडेलले आइतवार शिलान्यास गर्ने केवलकारको सम्पूर्ण तयारी पूरा भएको सिद्वार्थ केवलकार प्रालिका अध्यक्ष इं. राजेन्द्रसिंह गुरुङ्गले जानकारी गराउनु भयो ।
बुटवल तथा यस आसपासका ब्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने विश्वास गरिएको छ । करिव ८० करोडको लगानीमा निर्माण हुन गइरहेको यो केवलकारले बुटवलको पर्यटन ब्यवसायलाई गति दिने विश्वास पर्यटन ब्यवसायी तथा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको छ ।
यो केवलकार ‘डिटेचेवल सर्कुलर गण्डोल’ अन्तर्गत हो, अध्यक्ष गुरुङ्गले भन्नुभयो । यसमा २५ वटा गण्डोल हुने र दैनिक ५ हजार ब्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दावी गर्दै गुरुङ्गले भन्नुभयो—  एकतर्फी रुपमा जान वा आउन ८ मिनेटको समय लाग्ने छ ।
यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एण्ड रोप वे सर्भिसेजसंग सम्झौता भइसकेको छ । यसको मुख्य विशेषता भनेको नेपालमा केवलकारको निर्माणमा जनशक्तिको अभाव भइरहेको अवस्थामा यो परियोजनामार्फत् बुटवल टेक्निीकल इन्स्टिच्यूटले प्रविधि भित्राउँदै छ । ‘हामीले प्रविधि भित्राउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि पनि आवश्यक तयारी गरेका छा’ैं, इन्स्टिच्यूटका कार्यकारी निर्देशक पीएल श्रेष्ठले भन्नुभयो ।  
 वि.सं २०५५ मंसिर ८ गतेदेखि पहिलो केबलकारको रुपमा मनकामना केबलकार सञ्चालनमा आएपछि पर्यटन ब्यवसायमा यसको प्रभावकारिता वढ्दै गएको छ । 
पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृखलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातावित्क स्थल हो । नुवाकोटको पूर्वी भाग दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो । 
नुवाकोट गढी सामरिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । चौवीसे राज्यहरुमा सेनवंश द्वारा शासित पाल्पा राज्य अरुभन्दा वलियो हुनु यस्तै गढी हुनु हो । कर्णेल उजिर सिंह थापाले यही नुवाकोट गढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए । 
 

प्राप्त प्रतिकृयाहरू

To Top