२० लाख डोज खोप खरिद गरिने पक्का, स्वास्थ्य सेवा विभागलाई खोप किन्‍ने अनुमति

राजनीति फागुन ६ 2077 ekhabarnepal
1

 

काठमाडौं, फागुन ६। सरकारले स्वास्थ्य सेवा विभागलाई भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया कम्पनीसँग सिधै कोरोना खोप खरिद गर्न अनुमति दिएको छ।
 
यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सिरमसँग एक पटकका लागि सिधै २० लाख डोज कोरोना खोप गरिद गर्ने अनुमति विभागलाई दिएको हो।

“मन्त्रिपरिषद्को बैठकले भारतबाट सिधै २० लाख डोज कोरोना खोप खरिद गर्ने अनुमति स्वास्थ्य सेवा विभागलाई दिएको छ,” आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भने, “मूल्य निर्धारण विभागले गर्नेछ।”
 
भारत सरकारले यसअघि सिरमले विकास गरेको कोरोना खोप ‘कोभिसिल्ड’ को १० लाख डोज नेपाललाई अनुदान सहयोगस्वरूप उपलब्ध गराएको थियो। अहिले देशभर लगाइएको कोरोना खोप सिरमले विकास गरेको हो।


“सार्वजनिक खरिद ऐनमा कार्यसम्पादन र अग्रिम पेस्की नराखी खरिद गर्न नसकिने व्यवस्था छ। तर, एक पटकको लागि सिधै खरिद गर्न सकिने गरी बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने र सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ।”

“विश्वमा कोरोना खोप खरिद गर्न नपाइरहेको अवस्थामा अहिले जुन खोप लगाइरहेका छौं सोही खोपलाई निरन्तरता दिने निर्णय गरिएको हो। खोपको आपूर्ति तथा प्रयोगमा सहज हुने भएकाले सिरमको खोप खरिद गर्ने निर्णय भयो,” मन्त्री गुरुङले भने।
 
उनले सबै नेपाली जनतालाई निशुल्क कोरोना खोप सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए। सिधै खोप खरिदमा सार्वजनिक खरिद ऐन बाधक बने पनि बाधा अड्काउ फुकाऊ गरेर खोप खरिद गर्न लागिएको उनले जनकारी दिए।
 
“सार्वजनिक खरिद ऐनमा कार्यसम्पादन र अग्रिम पेस्की नराखी खरिद गर्न नसकिने व्यवस्था छ। तर, एक पटकको लागि सिधै खरिद गर्न सकिने गरी बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने र सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ,” उनले भने।
 
स्वास्थ्य सेवा विभागले वार्तामार्फत् खरिद गरिने खोपको मूल्य निर्धारण गर्ने उनले जानकारी दिए। विभागले निर्धारण गरेको रकम नेपाल राष्ट्र बैंकमार्फत् भुक्तानी गर्ने मन्त्री गुरूङले बताए।
 
“मन्त्रिरिषद्ले कुनै मूल्य तोक्न मिल्दैन, विभागले नै निर्धारण गर्नेछ। खरिद प्रक्रियामा मनित्रपरिषद् प्रवेश गर्दैन,” उनले भने।

प्राप्त प्रतिकृयाहरू

To Top