समाचारप्रति सियारी गाउँपालिको आपत्ति 

राजनीति फागुन ६ 2077 ekhabarnepal
Camscanner 02 18 2021 17.21.59 9

बुटवल, फाल्गुण ६

 सियारी गाउँपालिकाको रामजानकी मन्दिरको जग्गा सम्बन्धमा हालै प्रशारित समाचारप्रति गाउँपालिकाको गम्भिर आपत्ति जनाएको छ । 
 एउटा टेलिभिजनका प्रशारित समाचारको गाउँपालिका निम्नानुसार खण्डन गरेको छ । 
१. गाउँपालिकाले उक्त मन्दिरको ४८ बिघाहा बढी जमिन संरक्षण गर्नुको सट्टा अतिक्रमण गरेको भन्ने विषय भ्रामक र कपोलकल्पित छ । उक्त मन्दिरको जग्गा तथा सम्पत्तिको संरक्षक भन्ने रविन्द्रनाथ झा दोहोरो नागरिकता लगायतका विषयमा विवादित भै जनकपुर उच्च अदालतमा मुद्दा दायर भएको, भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय लगायतमा मुद्दा चलिरहेका झाबाट व्यापक हिनामिना भएको भनी स्थानीय स्तर तथा लक्ष्मिनारायण मठ मटियानी, महोत्तरीबाट पनि गुनासो प्राप्त भइरहेको अवस्थामा गा.पा.ले  स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को  दफा ९७ को उपदफा १ (क) र (ग)  तथा लक्ष्मिनारायण मठ मटियानीबाट २०७६ । ०३ । १२ मा प्राप्त पत्रको आधारमा २०७७ । ०२ । २० मा संचालन, सम्बर्द्धन तथा संरक्षण समिति तयार गरी संरक्षणको कार्यमा सहयोग गर्न वडा नं. ३ को कार्यालयलाई पत्राचार गरिएको र सोही आधारमा वडा नं. ३ ले समिति गठन गरी सरंक्षणको कार्यमा सहयोग गरिरहेको छ  । 

२. कथित संरक्षक भनिएका झाले मन्दिरको आयस्ता नभई चन्दा उठाउनु परेको आरोप पूर्णरुपमा  गलत हो । प्रसारण गर्दा देखाइएको रसिद र निस्सा  रामजानकी मन्दिरकै नाममा रहेको देख्दा देख्दैपनि गा.पा.ले कुत आफै उठायो भन्नु हास्यास्पद हो । उक्त मन्दिर संरक्षणको लागि विगत आ.व. देखिनै पालिकाले मन्दिर संरक्षण गर्न रकम विनियोजन गरेको तथा यस आ.व. २०७७ । ०७८ मा पनि रकम विनियोजन गरेको जानकारी गराउन चाहन्छौं । 

३. उक्त जग्गाको अतिक्रमणलाई गाउँपालिकाले सहयोग गरेको, ने.क.पा. कार्यकर्ता तथा अध्यक्षका निकटका मान्छेलाई अतिक्रमण गर्न लगाइयो भन्ने विषय अत्यन्तै खेदजनक छ । बिना आधार गाउँपालिकाको मान प्रतिष्ठामा आघात पुग्ने गरी भ्रामक समाचार सम्प्रेषित हुनुलाई किमार्थ स्वीकार गर्न सकिदैंन । यस विषयमा स्पष्ट हुन चाहाने जोसुकै सरोकारवालाई उक्त स्थानमा गई स्थलगत अध्ययन अवलोकन गर्न गाउँपालिका आग्रह गर्दछ । उक्त स्थानमा बसोबास गराइएका व्याक्तिहरु झा लगायतका पूर्व संरक्षक भनाउने व्यक्तिहरुबाटै बसोबास गराइएको तथा अन्य व्याक्ति,संस्था तथा गाउँपालिकाबाट कुनै पनि व्याक्तिलाई अनुमतिर आश्वासन दिई बसोबास गराइएको छैन ।

 गाउँपालिकाले धार्मिक संघ, संस्था, मठ, मन्दिर तथा सार्वजनिक जग्गा जमिनको संरक्षण तथा सम्बर्द्धनको लागि सार्वजनिक सम्पत्ति, मठ मन्दिर (सञ्चालन कार्यविधि) नियमावली,२०७७ समेत जारी गरी विभिन क्रियाकलापहरु सञ्चालन गरिरहेको अवस्थामा यस्ता भ्रामक समाचारहरु प्रसारण हुँदा गाउँपालिकाको मान, प्रतिष्ठा, गौरव तथा स्वाभिमानमा गम्भिर आघात पुगेको छ ।यो विषयमा गाउँपालिका कानूनी उपचारको पक्षमा जाने नै छ । तसर्थ सम्पूर्ण गाउँबासी नागरिक, जनसमुदाय तथा सरोकारवालाई यस्ता भ्रामक समाचारको पछाडी नलाग्न गाउँपालिका हार्दिक अनुरोध गर्दछ । 

प्राप्त प्रतिकृयाहरू

To Top