राजनीतिक संकट चुनावबाट हल हुन्छ ः मुख्यमन्त्री पोखरेल 

राजनीति माघ २९ 2077 ekhabarnepal
2

बुटवल,माघ २९
 नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको जनसभा ऐतिहासिक हुने बताउनु भएको छ। सो जनसभामा २ लाख मानिसको उपस्थित हुने र यसले सिंगो मुलुकलाई दिशानिर्देश गर्ने वताइएको छ ।

सभाको बारेमा जानकारी दिन विहिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भन्नुभयो, ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ । 
 ‘जनपरिचालन कस्तो हुन्छभन्नेपनि बुटवलमा देखिन्छ, उहाँले भन्नभयो । बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा रुपन्देहीका एक लाख र रुपन्देही बाहेकका अरु जिल्लाबाट एकलाख जनता उतार्ने जानकारी पोखरेलले दिनुभयो।

पोखरेलले प्रधानमन्त्रीलाई कम्जोर पार्ने षडयन्त्र गरेकाले जनतामा जानु परेको बाध्यात्मक अवस्था रहेको वताउनुभयो । प्रतिनिधि सभाको विघटन विवाद विबादको परिणाम भएको उल्लेख वताउँदै प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न पनि चुनावमा जान आवश्यक परेको वताउनुभयो । 

 प्रतिनिधि सभाको विघटन  बाध्यताको उपज भएको वताउँदै यो राजनीतिक संकटलाई चुनावबाट हल गर्ने बताउनुभयो। 

सभा सुरु हुनुपूर्व अस्पताल लाइनको खाली जग्गामा जम्मा भएर राजमार्ग चौराहा हुँदै बुटवल ७ को सिद्देश्वरी माविको खेल मैदानमा पुग्ने उनले बताए। सभामा नेकपा अध्यक्ष केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्वोधन गर्नेछन्।

प्राप्त प्रतिकृयाहरू

To Top