बुटवलमा ओली समूहको बृहत् मोटरसाइकल र्‍याली

राजनीति माघ २९ 2077 ekhabarnepal
1

बुटवलमाघ २९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बिहीवार बुटवलमा बृहत्  मोटरसाइकल र्‍याली निकालेको छ ।
फागुन १ गते बुटवलमा हुन लागेको जनसभाको पूर्वसन्ध्या र नयाँ निर्वाचनको स्वागतमा युवा विद्यार्थीले संयुक्त रूपमा बृहत् मोटरसाइकल र्‍याली गरेको हो । 
र्‍यालीको बुटवल राजमार्ग चौराहामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।
चौराहाबाट हजारौं सहभागी मोटरसाइकल र्‍याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क, ट्राफिक चोक, गोलपार्क, अमरपथ हुँदै पुष्पलाल पार्कमा आएर टुंगिएको थियो ।
र्‍यालीलाई सम्बोधन गर्दै युवा संघका नेपाल इन्चार्ज महेश बस्नेतले काठमाडौंको आमसभाभन्दा बुटवलको सभा ठूलो हुने बताए ।
उनले बुटवलको सभाले नै देशलाई एकताको दिशामा लैजाने दाबी गरे । उनले ओली नेतृत्वको सरकारले नै देशमा विकासको ठूलो योजना अगाडि सारेर देश विकास अगाडि बढेको बताए । 
लोकतन्त्रको परिपूरकको परिभाषा ओली सरकार रहेको बताए । नेपाली जनता विकासको पक्षमा रहेको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशलाई असफल बनाउनेतर्फ रहेको दाबी गरे ।
‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’ देशको नेतृत्व आवश्यक रहेको बस्नेतको भनाइ छ ।

प्राप्त प्रतिकृयाहरू

To Top