प्रचण्ड नेपालको सत्तालिप्साले संसद विघटन

राजनीति पौष २० 2077 ekhabarnepal
%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be %e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b51609670049

बुटवल, पुस १९
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले प्रचण्डको सत्ता र शक्तिप्रतिको आशक्तिले संसद विघटन भएको जिकिर गर्दै अदालतले संसद पुस्र्थापना गर्ने कुनै सम्भावना नरहेको तर्क गरे । 

नेकपाका दुई अध्यक्षबीच सहमति कायम गर्न अन्तिमसम्म कसरत गरेका महासचिव अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपवहादुर रायमाझी र स्थायी कमिटी सदस्य तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रचण्ड नै पार्टी विभाजनको प्रमुख दोषी रहेको दावी गरे ।

ओलीपक्षीय नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनीहरुले प्रचण्डको एकल अध्यक्ष र प्रधानमन्त्री हुने लोभले मुलुक यो अवस्थामा पुगेको दाबी गरे । 

भेलालाई सम्बोधन गर्दै महासचिव एवं विष्णु पौडेलले प्रचण्ड र माधव नेपालको पदीय महत्वाकांक्षाले जटिल अवस्था सिर्जना भएको बताउनुभयो। ‘पदको लोभले मुलुक र पार्टीलाई अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको थियो, प्रचण्डलाई प्रधानमन्त्री र पहिलो अध्यक्ष बन्ने लोभ, माधव कमरेडलाई महाधिवेशन हारेर पनि अध्यक्ष बन्नुपर्ने लोभ, भन्दै उहाले भन्नुभयो,‘लोभमा परेर मुलुक र पार्टीलाई अराजकतातर्फ लैजाने प्रयास थियो, प्रधानमन्त्री ओलीले त्यसलाई रोकेर जनतामा जाने निर्णय लिनुभयो ।’

 प्रचण्डले पहिलो अध्यक्षमाथि लगाएका संघीन आरोप नै पार्टी विभाजनको आधार भएको बताउनुभयो। सहमति गर्ने र मसी सुक्न नपाउदै उलंघन गर्ने प्रचण्डको अस्थिर मनोविज्ञानले पार्टी एकताक काम हुन नसकेको उहाँको वुभलाई छ ।

प्रधानमन्त्रीले संविधान अनुरुप नै संसद विघटन गरेकाले पुर्नस्थापनाको प्रसंगै नरहेको दावी गर्दै उहाले भन्नुभयो, बैशाखमा निर्वाचन गर्न अर्थ मन्त्रालयले बजेट व्यवस्थापनको तयारी गरिरहेको छ । तदनुसार कार्यकर्ताहरुले चुनावको तयारी गर्नुस् ।

‘कोही अलमलमा हुनुहुन्छ भने अव ढुक्क भएर आउनुस्, मुलधारको नेकपा यही हो, उहाँले भन्नुभयो,–‘दुई तिहाई मतसहित चुनाव जित्ने योजना बनाएर जनतामा जानुस् ।’ पौडेलले प्रचण्ड र नेपाललाई चुनावमा  आउन सुझाव दिनुभयो। संसद पुर्नस्थापना नहुँदासम्म सडकमै बस्छौं भन्ने अडानले जीवन नै त्यहीँ बित्न सक्छ । 

‘उहाँहरुले संसद पुर्नस्थापना नभएसम्म सडकमै हुन्छौं भन्नुभएको छ, मलाई उहाँहरु सडकमै हराउनुहुन्छ कि भन्ने चिन्ता छ,किनभने संसद पुर्नस्थापना हुने कुनै आधार नै छैन ।’पौडेलले भन्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डलाई चुनावमा आएर प्रधानमन्त्री हुन चुनौती दिदै महाधिवेशन हारेर अध्यक्ष र चुनाव विना नै प्रधानमन्त्री हुन रहर गर्नेहरु आन्दोलनभन्दा चुनावमा आउनुपर्ने बताउनुभयो ।

‘टीका लगाएर प्रधानमन्त्री र अध्यक्ष हुने अवस्था छैन, त्यसैले हिम्मत भए चुनावमा आउनुस्, उहाँले भन्नुभयो । प्रचण्ड माधव समूह कार्यकर्ताको नभइ नेताहरुको झुण्ड मात्रै रहेकाले निर्वाचनमा जान हिम्मत नभएको उहाँको दावी छ । ‘उहाँहरुमा निर्वाचनमा जाने हिम्मत छैन, त्यसैले हामी यहाँ छौं भन्दै सडकमा पुग्नुभएको छ,ु पोख्रेलले भन्नुभयो ।

नेता पोखरेलले नेपालको चुच्चे नक्सा जारी भएदेखि नै प्रधानमन्त्री ओली विरुद्ध घेरावन्दी शुरु भएको जिकिर गर्दै प्रचण्डले सरकारभित्र पनि सरकार चलाउने प्रयत्न गरेर असहयोग गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीलाई असक्षम भनेर आरोप लगाउने प्रचण्डले एमाले खेमाभित्रको अन्तरविरोधमा खेलेर पार्टी कब्जा गर्ने रणनीति बनाएको उहाँको भनाइ छ । तर त्यो पक्षधरता लिएकाहरु खाडलमै फस्ने पोख्रेलको दावी छ ।

स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई समिक्षा गरेर अघि बढ्न प्रचण्डलाई सुझाव दिनुभयो । ३३ वर्ष आफैँले आफैँलाई टीका लगाएर अध्यक्ष बनेको टिप्पणी गर्दै उहाँले अव उनको अधोगति शुरु भएको र खाडलमा फसेको बताउनुभयो । ‘आफ्ना खल्तीबाट केन्द्रीय समिति निकाल्ने, चाकडी गर्नेलाई टिका लगाइदिने, नियुक्ती पनि आफ्नैलाई चाहिने, ‘प्रचण्डलाई अझै कति अध्यक्ष चाहिएको हो ? रायमाझीको प्रश्न छ ।

प्रचण्डको रबैयाकै कारण पार्टीप्रति निष्ठावान विप्लव, बैद्य, बाबुराम, वादलहरु बाहिरिएको भन्दै अवको केही समयमै प्रचण्ड एक्लै हुने दावी गर्नुभयो । ‘चाकडी गर्नेहरुलाई माथि लैजाने, कार्यकर्तामा जानेहरुलाई तिरस्कार गर्ने छवी प्रचण्डको रहेको अनुभव सुनाउँदै अहिले अवसरवादीहरुले साथ दिएको र इमान्दारहरु पाखा लागेको अवस्था छ, उहाँले भन्नुभयो।

पार्टी प्यालेसमा गएर अध्यक्षको टीका लगाउने माधव नेपालले विधि र प्रक्रियाको कुरा गर्न नसुहाउने टिप्पणी गर्दै पार्टी सञ्चालनको जिम्मा पाएका प्रचण्डको ध्यान नै प्रधानमन्त्रीको कुर्ची भएकाले एकताले मूर्त रुप पाउन नसकेको वताउनुभयो । ‘प्रचण्डहरुले अराजतातर्फ धकेल्न लागेको मुलुकलाई प्रधानमन्त्री ओलीले अग्रगामी निर्णय गरेर जनतालाई सुम्पिनु भएको छ । प्रधानमन्त्रीको कदम अग्रगामी हो,ु उहाँले भन्नुभयो ।

भेलामा नेकपाका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, पुष्पाञ्जली उपाध्याय, शिवराज सुवेदी, अनुप बराल लगायतले सम्बोधन गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top