आरोप–प्रत्यारोप फिर्ता गर्न दुवै अध्यक्ष सहमत पछि स्थायी कमिटी बैठक

राजनीति पौष १ 2077 ekhabarnepal
Sthai sabha

   
काठमाडौं, पुस १ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवाद समाधान हुने भएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २८ गते सचिवालय बैठमा पेश गर्नुभएको प्रस्ताव फिर्ता लिनुहुने र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी भएको संवैधानिक परिषद (पहिलो संशोधन अध्यादेश २०७०) फिर्ता लिनुहुने बताइएको छ ।
अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा ओलीविरुद्ध १९ पेजको दस्तावेज पेश गरेका थिए । प्रचण्डको आरोपको प्रत्युत्तरमा ओलीले मंसिर १३ गते ३८ पेश लामो प्रतिवेदन पेश गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार महासचिव विष्णु पौडेलको रोहवरमा भएको छलफलमा दुवै अध्यक्ष एकअर्का विरुद्धका प्रस्ताव फिर्ता गर्न राजी भएका हुन् । 

तर अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने सो सहमतिबारे आफूलार्इ जानकारी नभएको बताउनुभयो । 
अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने अडान लिनुभएका प्रधानमन्त्री ओलीको चाहनाअनुसार अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिने सहमति जनाउनुभएको छ । दुई अध्यक्षबीच सहमति भएपछि अब नेकपा भित्रको विवाद सल्टिनेतर्फ पुगेको विश्वास गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top