नेताहरु मर्यादा बाहिर ः महासचिव पौडेल

राजनीति मंसिर ९ 2077 ekhabarnepal
Bishnu paudell scaled e1606221689574

बुटवल मंसिर ९

नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेकपाको आन्तरिक जीवनमा अहिलेसम्मकै सबैभन्दा ठुलो समस्या आएको अनुभूति गर्दै उहाँले पटक पटक आउने समस्याभन्दा यो पटक फरक अवस्था रहेको टिप्पणी गर्नुभयो । पार्टीभित्रको यो अन्तरविरोध कसरी यो अवस्थामा आयो भन्ने गंभीर प्रश्न आफैभित्र उठेको बताउँदै उहाँले आफू अन्तिम अवस्थासम्म पनि एकताका लागि प्रयासरत रहने प्रतिवद्यता ब्यक्त गर्नुभएको छ ।
पार्टीभित्र मर्यादा वाहिर गएर वोल्ने अवस्था आएको स्वीकार्दै यसलाई मर्यादाभित्र लगेर निकास निकाल्न खोजेको आशय प्रकट गर्नुभयो ।

पौडेलले नेकपाको जीवन समस्याग्रस्त र अन्तरविरोधग्रस्त भएको बताउँदै नेपाली जनता, नेकपाका मतदाता र लाखौं कार्यकर्ताको चाहाना विपरित पार्टी समस्याग्रस्त भएको बताए ।

यसअघि देखिएका समस्या भन्दा भिन्न प्रकारको समस्या पार्टीमा देखिएकोले पार्टी अत्यन्त कठिन मोडमा गुज्रेको छ, पौडेलले भन्नुभयो । 

महासचिव पौडेलले पार्टीमा देखा परेका समस्याले विगतमा जनतासँग गरेका बाचाहरु, प्रतिवद्धताहरु र बनाईएका योजनाहरु नै अलपत्र पर्ने अवस्थामा पुगेको बताउँदै जनतालाई जवाफ दिन सकेत नसक्ने अवस्थामा नेकपा पुगेको खुलासा गरे ।

पार्टीमा सैद्धान्तिक र वैचारिक अन्तरविरोध नभएको संकेत गर्दै महासचिव पौडेलले आफ्नै नेतृत्वमा बनेको कार्यदलको सिफरिस अनुसार सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टीसँगको सम्बन्धलाई जीवन्त बनाउन एकता महाधिवेशनको तयारी स्थायी समितिले गरेपनि ती निर्णयहरु कार्यान्वयन नहुँदा समस्या चुलिएको स्पष्ट पारे ।
अर्थमन्त्री पौडेलले सरकारले एकपछि अर्को गर्दै जनसरोकारका निर्णयहरु गर्दै गइरहेको र तदनुसारका कार्यक्रमहरु थप गरिने विश्वास पनि ब्यक्त गर्नुभयो ।
पत्रकारको प्रश्नको जवाफ दिंदै महासचिव पौडेलले प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भेटमा सत्ता समिकरणको बिषयमा कुनै पनि कुरा नभएको स्पष्ट पारे । उनले प्रधानन्त्रीसँग सुबिधाजनक बहुमत रहेको अवस्थामा समिकरणको कुरा गर्न आवश्यक नरहेको  बताए ।

 करिब एक बर्ष पछि बुटवलमा आईपुग्नुभएका पौडेलका भोलि र पर्सी ब्यस्त कार्यक्रम छन् । यस क्रममा रुपन्देहीको लागि धेरै अर्थ राख्ने तिनाउ दानव करिडोरको शिलान्यास, झुम्सा खानेपानी आयोजनाको शिलान्यास, तिलोत्तमास्थित गिर्वाण स्कूलको भवन उद्घाटन र छात्रावास शिलान्यासलगायतका कार्यक्रम रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top