महासचिव पौडेलको प्रस्ताव ः सचिवालय सदस्यले सामूहिक राजीनामा दिऊँ 

राजनीति मंसिर ३ 2077 ekhabarnepal
Bishnu paudel 1604147427

 
काठमाडौं,मंसिर ३
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सचिवालयले समस्या समाधान गर्न असफल भएको भन्दै सचिवालयका सदस्यले सामूहिक राजीनामा गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। अहिलेकै अवस्थामा चल्दा पार्टी र कम्युनिस्ट आन्दोलन समाप्त हुने चिन्ता ब्यक्त गर्दै उहाँले सो प्रस्ताव राख्नुभएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकमा पौडेलले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनका लागि सचिवालयका सदस्यहरूले सामूहिक राजीनामा गरेर स्थायी कमिटीको बैठकबाट अनुमोदन गराउने प्रस्ताव गर्नुभएको छ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपवारे लिखित रूपमै सचिवालयमा जवाफ पेश गर्ने बताएका थिए । सचिवालयको बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top