कालीगण्डकी करीडोरमा पुरिएका पाँचको मृत्यु 

समाज कार्तिक २० 2077 ekhabarnepal
5fa2c53c54b37 phairo

नवलपरासी, कात्तिक २० गते । 
कालीगण्डकी करीडोर निर्माणको क्रममा बुलिगंटार गाउँपालिका वडा नं ३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।
हिजो अपरान्ह बुलिगंटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिगंटार गाउँपालिका वडा नं ४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका छन् ।

बुलिगंटार गाउँपालिका वडा नं ४ का बर्ष २८ का तुलबहादुर सारु मगर, बर्ष २० का गोपाल गरँजा मगर, बर्ष ४२ का सुनबहादुर पूलामी मगर, बर्ष २० का ताराबहादुर लुगेंली मगर र बर्ष २० का चेतबहादुर अस्लामी मगरको ज्यान गएको र उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा रहेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताउनुभएको छ । 
सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिगंटार गाउँपालिका वडा नं ३ मा भएको सो घटनामा थप दुई जनालाई भने उद्दार गरि गम्भीर अबस्थामा भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
घटनामा गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको प्रहरीले जनाएको छ । घटना पाँच बजे घटे पनि मृतकको शब साँझ पौने ७ वजे निकाल्न सकिएको थियो । 
बाटो निर्माणका क्रममा डोजरले खन्दै गर्दा एक्कासि पहिरो झरे पछि उनीहरु पहिरोवाट पुरिएका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top