वेष्टर्न मेगा कलेजले पायो अन्तर्राष्ट्रिय गुणस्तर

समाज असोज १८ 2077 ekhabarnepal
College view %282%29

बुटवल, असौज १८
बुटवलमा विगत सात वर्षदेखि सञ्चालित वेष्टर्न मेगा कलेजलाई शैक्षिक गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय स्तरको सस्था इन्टरनेशनल एक्रिडेसन(International Accredatation अर्थात् आइएओ ) ले मान्यता प्रदान गरेको छ । एक वर्षदेखि शुरु भएको प्रक्रिया पश्चात् यही असौज ११ गते उक्त सस्थाले मान्यता दिएको हो । 
कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, आन्तरिक प्रशासनका कार्यविधि, आर्थिक ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, दीर्घकालिन योजना आदिको प्रत्यक्ष मूल्यांकन गरी उक्त मान्यता प्रदान गरेको क्याम्पस प्रमुख श्रीप्रसाद भट्टराइले वताउनुभयो । 
यो मान्यता पश्चात् यस कलेजवाट उत्पादित विद्यार्थीले अन्तर्राष्ट्रिय वजारमा निर्धक्क रुपमा प्रतिष्पर्धा गर्न सक्ने छन् । नेपालमा अहिलेसम्म यो सस्थावाट मान्यता प्राप्त गर्ने १४ वटा कलेज छन् । काठमाण्डौ वाहिर चितवन मेडिकल कलेज पछि वेष्टर्न मेगा कलेजले यो मान्यता प्राप्त गरेको हो । 
लिंकन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन् र त्रिभुवन विश्व विद्यालयबाट अनुवन्धित मेघा कलेज बुटवलको वडा नं. १५ स्थित आरम्भ गु्रप अफ हस्पिटालिटीको व्यबस्थापनमा सञ्चालित छ ।
पर्यटनको विकासमा विशेष अर्थ र महत्व राख्ने गरी आरम्भ ग्रुप अफ हस्पिटालिटीले बुटवलको ढवाहमा सुविधासम्पन्न रिसोर्ट सञ्चालन गरेको छ । आरम्भ गु्रपले शिक्षण होेटलको अबधारणालाई कार्यान्वयन गर्ने गरि सञ्चलन गरेको यो कलेज नेपालकै पहिलो हो ।
जुनसुकै बिषयमा दश जोड दुई (१०+२) उत्तीर्ण बिद्यार्थीले यो बिषय अध्ययन गर्न पाउने ब्यवस्था छ, क्याम्पस प्रमुख श्रीप्रसाद भट्टराईले भने ।
 यस पश्चात् आइएओका जर्नलहरुमा यस कलेजका विद्यार्थीको सहज पहुँच पुगेको छ । आइएओले सञ्चालन गर्ने अन्तरर्राष्ट्रिय गोष्ठि, सम्मेलन तथा तालिमहरुमा यस कलेजका शिक्षक विद्यार्थी सहभागी हुन पाउनेछन् ।
५ नंं प्रदेशको सवैभन्दा पुरानो यो कलेजवाट दुईवटा ब्याचका विद्यार्थीले आफ्नो पढाई सकेर विभिन्न ब्यवसाय तथा रोजगारीमा संलग्न छन् । ब्यवस्थापनमा एमबीए र होटल ब्यवस्थापनमा स्नातक तह बीएचएमको गुणस्तरीय शिक्षा प्रदान गर्ने यो कलेजले अत्याधुनिक भवनमा प्रयोगात्मक तथा सैद्वान्तिक कक्षा सञ्चालन गर्दै आएको छ । 
यस क्याम्पसमा अध्यनरत केही बिद्यार्थीहरु दुवईमा रहेका अन्तर्रष्ट्रिय स्तरका प्रख्यात पाँच तारे होटल दसित थानी, अज्मान शारे, ड्यूक होटल, मेरिएट लगायतमा प्रयोगात्मक कक्षाका लागि पठाइएको छ । रोचक र मनोरञ्जनात्मक शिक्षण बिधिद्धारा अध्यापन गराइने भएकोले यहाँबाट उत्पादित सम्पूर्ण बिद्यार्थीहरु बजारमा सहजै खपत हुने विश्वास क्याम्पस प्रमुख भट्टराईको छ । 
होटल ब्यवस्थापनको शिक्षामा यस क्षेत्रमा उत्कृष्ठता प्राप्त गरेकोले आइएओले मान्यता दिएको छ । यो मान्यताले अझै वढी उत्प्रेरित गरेको छ, भट्टराइको भनाई छ ।

प्राप्त प्रतिकृयाहरू

To Top