भिटामिन डी पर्याप्त भएमा कोरोनाबाट मृत्युको खतरा आधा

समाज असोज ११ 2077 ekhabarnepal
Vitamin d.jpg .2020 09 21 1536x804

एजेन्सी । कोरोना भाइरसको जिनका विषयमा गरिएको एक अध्ययनमा पर्याप्त मात्रामा भिटामिन डी भएका व्यक्तिमा मृत्युको सम्भावना ५२ प्रतिशतले कम हुने देखिएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयका रिसर्चरले गरेको अध्ययनमा यस्तो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमितमध्ये पर्याप्त मात्रामा भिटामिन डी भएका व्यक्तिमा मृत्यु हुने सम्भावना आधा कम हुने र गम्भीर बिरामी हुने सम्भावना पनि १३ प्रतिशतले कम पाइएको छ । अध्ययनमा भिटामिन डी पर्याप्त भएका व्यक्तिलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि ४६ प्रतिशतले कम हुने गरेको पाइएको छ ।

मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भिटामिन डीको मुख्य भूमिका हुन्छ । भिटामिन डी पर्याप्त भएका व्यक्तिलाई कोरोना संक्रमण भए पनि रोग जित्नका लागि सहयोग हुन्छ । अमेरिकामा भने औषतमा ४२ प्रतिशत व्यक्तिमा भिटामिन डी कमी पाइएको छ । अश्वेत बुढाबुढीहरु तुलनात्मकरुपमा भिटामिन डीको समस्यामा रहेका छन्, उनीहरु धेरै संक्रमित पनि भएका छन् ।

बोस्टन विश्व विद्यालयका प्रोफेसर माइकल हालिकसहितको अनुसन्धानकर्ताको टोलीले पर्याप्त भिटामिन डी हुने व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावना पनि ५४ प्रतिशत कम हुने निष्कर्ष निकालेको छ । यो अध्ययनले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा ठूलो भूमिका हुने वैज्ञानिकहरुले बताएका छन् ।

भिटामिन डी सूर्यको बिहानी प्रकाशबाट हाम्रो शरीरले लिने गर्छ । त्यसैले बिहानको घाम ताप्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । भिटामिन डी निकै कम भएका व्यक्तिले भने औषधि नै सेवन गर्नुपर्छ ।

माछा, मसरुम, भिटामिन डी राखेर बनाइएका विभिन्न खानेकुरा, पोर्क मिट, अण्डामा पनि भिटामिन डी पाइन्छ । यसको सञ्चारका लागि बिहानको सूर्यको प्रकाश आवश्यक पर्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top