उपभोक्ता हित संरक्षण मञ्चको  सिद्धार्थनगर शाखा गठन

समाज असोज १० 2077 ekhabarnepal
1

भैरहवा, १० असोज । उपभोक्ता हित संरक्षण मञ्चको सिद्धार्थनगरमा भएको भेलाले सिद्धार्थनगर शाखा गठन गरेको छ ।

सिद्धार्थनगर भैरहवामा सम्पन्न एक भेलाले नरेन्द्र भन्डारीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगर समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष राधिका खरेल, सचिव रोशन थापा, सहसचिव नरेन्द्र बहादुर खत्री क्षेत्री, कोषाध्यक्ष समिर खान चयन भएका छन् । यसैगरी सदस्यहरुमा यादबराज खरेल, टंकनाथ पोखरेल, सोनु गुरुंग, बिनोद थापा, जयप्रकाश तेली, शिवनारयण चौधरी, आशिष पन्त र सुमित्रा खत्री गोदार सर्वसम्मत रुपमा चयन भएका छन् ।

भेलालाइ सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले उपभोक्ताको हितका लागि उपभोक्ताबादीहरु आफै सक्रिय हुन आबश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदै यस समितिले नगरपालिकाको सहकार्यमा उपभोक्ताको हितका लागि काम गर्ने विश्वास ब्यक्त गर्नुभयो । सिमावर्ती क्षेत्र भएकोले गुणस्तरहिन उपभोग्य वस्तु आयात भइरहेकोले त्यसमा पनि ध्यान दिन आग्रह गर्दै उहाँले यो समितीले सिद्धार्थनगरपालिकाका उपभोक्ताको लागि उपलब्धीमूलक काम गर्ने धारणा राख्नुभयो । 

सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तेज प्रसाद पाठकले निस्वार्थ ढंगले काम गरेर यसले प्रदेशको प्रतिष्ठा उँचो राख्ने विश्वास ब्यक्त गर्नुभयो । उभोक्ताहरु गुणस्तर र मूल्यबाट ठगिइरहेको बताउदैं उपभोक्तालाई सचेत गराउने र नियामक निकायलाई झकझकाउन विशेष पहल हुन आबश्यक रहेको वताउनुभयो ।  ‘हामी जति सक्रिय हुन्छौं त्यति उपभोक्ताको अधिकार प्राप्त गर्दछौं’, उहाँले भन्नुभयो ।

भेलामा उपभोक्ता आन्दोलनका नेता तथा बरिष्ठ पत्रकार डी.आर. घिमिरले कोरोना महामारीको बेला औषधि तथा खाद्यान्नको आपूर्ति, कालोवजारी, कृत्रिम अभाबजस्ता विषयमा विशेष ध्यान दिन अनुरोध गर्दै स्थानीय तहले कानुन वनाउन ढिला गरेकाले यो समितिले दबाव दिन जरुरी रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले स्थानीय बजार ब्यवस्थापन तथा अनुगमनसम्वन्ध िकानुन वनाउन आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
स्यानीटाइजर, मास्क र सर्जिकल सामानमा ब्यापक कालोवजारी भएको प्रमाण पाइएको र त्यस्ता ब्यापारीमाथि कारबाही भइरहेकोले यस समितिले अनुगमनमा जोड दिन र सरकारलाई जानकारी गराउन पनि पहल गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा लुम्बिनी खुकुरी क्लबका अध्यक्ष  राम बहादुर बस्नेतलले सर्वसाधरण उपभोक्ताको समेत हित हुनेगरी उपभोक्ता हित संरक्षण म१चले काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष  नरेन्द्र भन्डारीले नेपालको कानूनको परिधिभित्र रहेर उपभोक्ताहरुको समग्र हितकोलागि कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top