छवि सरको दुःखद निधन,भाई पनि लापत्ता

समाज असोज ४ 2077 ekhabarnepal
1600575226nepal sir


बुटवल असोज ४ । बुटवलको शैक्षिक क्षेत्रको मुर्धन्य ब्यक्तित्व छवि नेपालको आइतवार बिहान ८ः३० मा दुःखद निधन भएको छ ।
लामो समय देखि उच्च रक्तचाप र मधुमेहबाटग्रस्त नेपाललाई केहीदिन अघि निमोनिया भएपछि काठमाण्डौ स्थीत शसस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचार गराइरहनु थियो ।
लामोसमय शिक्षण पेशामा सम्लग्न नेपाल बुटवलको मानवज्ञान माध्यमिक बिद्यालयको प्रधानाध्यापकबाट अवकाश प्राप्त हुनुभएको थियो ।
बुटवलको कालिका माध्यमिक बिद्यालयमा लामो समय सहायक प्रधानाध्यापक रहेका नेपाल शिक्षाको सुधारका लागि सक्रिय शिक्षा सेवीका रुपमा परिचित हुनुहुन्थ्यो ।

अहिले कालिका माविको जुन चर्चा छ त्यसको पूर्वाधार वनाउने हर्ताकर्ता छवि नेपालनै हुनुहुन्छ । उहाँके पालादेखि यस विद्यालयले काँचुली फेर्न शुरु गरेको हो ।
नेपाल पछिल्लो समय उजीरसिहं माध्यमिक बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष र बुटवल उपमहानगरपालिकाको शिक्षा समितिमा रही बुटवलको शैक्षिक बिकास र पाठ्यक्रम निर्माणमा सम्लग्न रहि आउनुभएको थियो ।
पाल्पाको रिव्दीकोट गाउपालिकामा जन्मिएका ६८ बर्षिय नेपाल लामो समय देखि बुटवलको वडा नं १ मा बसोवास गर्दै आउनुभएको थियो । नेपालका दुई छोरा र एक श्रीमती छन् ।
बिडम्वना यता बुटवलको ईटाभट्टीबाट स्वर्गिय नेपालका भाई बिष्णु नेपाल ३ दिन देखि हराई रहनुभएको छ । उहाँको १६÷३६ मौजा सिंचाई प्रणालीको नहरमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाईकल भेटिएपनि नेपाललाई भेटाउन सकिएको छैन । 

प्राप्त प्रतिकृयाहरू

To Top