विद्युतीय वस सञ्चालन गर्ने प्रधानमन्त्रीद्वारा सुन्दर यातायातलाई वधाई, आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने विश्वास

समाज भाद्र २३ 2077 ekhabarnepal
118848293 2789714061306139 4664631546046603759 n

बुटवल, भदौ २३
नेपालमा वातावरणमैत्री विद्युतीय वस सेवा सञ्चालन भएको एक वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक बधाई ज्ञापन गर्दै सेवा विस्तारमा थप प्रगतिको कामना गर्नुभएको छ ।
 विज्ञप्तिमा स्वदेशमा उत्पादित विद्युतीय उर्जावाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रबद्र्वन गरी आयातीत इन्धन प्रयोगमा कटौति गर्दै वातावरण संरक्षण तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने विश्वास प्रम ओलीले ब्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभएको छ—मुलुकलाई तीब्र विकासको यात्रामा अग्रसर गराउँदै सरकारले वातावरणमैत्री दीगो विकासमा जोड दिएको छ । यस आर्फत् समृद्व नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको नीति छ । समृद्व नेपाल, सुखी नेपाली सरकारको मात्रै नभएर देशको समग्र पेशा, ब्यवसाय र क्षेत्रका नागरिकको साझा गन्तब्य हो । सवैको साझा संकल्पवाट मात्रै यसलाई सार्थक वनाउन सकिन्छ ।


विज्ञप्तिको अन्तमा भनिएको छ—यतिवेला हामी विश्वब्यापी रुपमा संकटका रुपमा कोभिड—१९ को महामारी सामना गरिरहेका छौं । नागरिकको स्वास्थ्य तथा मुलुकको सामाजिक र आर्थिक जीवनमा यसले नकारात्मक असर पारिरहेको छ । सरकारले कोभिड—१९ को यस महामारीलाई सामना गरी तीब्र विकास र सहज व्यावसायिक जविनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी वनाउने प्रयास गरिरहेको छ । सरकारको यस प्रयासमा सुन्दर यातायात प्रालिको साथ रहने छ भन्ने मेरो विश्वास छ ।
एसेम्वल प्लान्ट स्थापना गर्ने योजना ः थापा
यसै गरी सुन्दर यातायात प्रा.लि.का अध्यक्ष भेषवहादुर थापाले एक बिज्ञप्ति प्रकाशित गरीे राष्ट्रिय आवश्यकता र मुलुकको सम्वृद्वि तथा आधुनिकीकरणसंग जोडिएको विद्युतीय वस सञ्चालनमा ल्याएको एक वर्ष पूरा हुनुलाई सुखद अवरको रुपमा लिँदै छोंटो समयमा कम्पनील प्राप्त गरेको उपलब्धीवाट गौरवान्वित भएको महसूस गर्नुभएको छ । 
अध्यक्ष थापाले यसवीचमा प्राप्त गरेका उपलब्धीहरुलाई वूँदागत रुपमा निम्न अनुसार विवेचना गर्नुभएको छ ।  
१. सामान्यतः स्थापनाको पहिलो वर्ष संरचनागत तथा नीतिगत ब्यवस्थामै वित्ने भएपनि हामीले पहिलो वर्षमै काठमाण्डौ उपत्यकाभित्र विद्युतीय वस सञ्चालन गरेर आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन सकेका छौं ।
२. कोभिड—१९ का कारण तयारी अबस्थामा रहेका कैयौं योजनालाई कार्यान्वयन गर्न नसकेकोमा हामी दुःखी छौं । तथापि स्थिति सामान्यीकरण हुँदासाथ उपत्यकाभित्र १५ र बुटवल तथा बिराटनगरमा पाँच पाँचवटा विद्युतीय वस सञ्चालनमा ल्याउने छौं ।
३. सुन्दर यातायात प्रालिको अभिन्न अंगको रुपमा रहेको सुन्दर इन्जिनियरिङ्गको माध्यमवाट चिनको प्रख्यात बीएके कम्पनी र सिचुवान अटो मोबाइल कम्पनीसंग मिलेर रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विद्युतीय वसको एसेम्वल प्लान्ट स्थापना गर्ने प्रक्रिया शुरु भएकोमा कोरोना महामारीका कारण अबरुद्व हुन पुगेको छ । यसका लागि लगानीवोर्ड तथा उद्योग विभागसंग आवश्यक समन्वय भइसकेकोले स्थिति सामान्यीकरण भएको एक वर्षभित्र उद्योग कार्यान्वयनमा आउने र यसवाट यातायातको क्षेत्रमा वैदेशिक लगानीको मार्ग प्रसस्त हुने छ ।


४. कोभिड—१९ को अवस्था सामान्य हुँदासाथ नेपाल सरकारको मापदण्ड भित्र रही उपत्यका भित्र  विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याइने छ ।
५. सुन्दर यातायात प्रालि एउटा ब्यावसायिक कम्पनी भएपनि यसले सामाजिक उत्तरदायित्व अन्तर्गत्  कोभिड—१९ लाई केन्द्रीत गरी नेपालमै पहिलो पटक उपत्यका प्रवेश गर्ने नाका नागढुंगा तथा भक्तपुरको जगतेमा सवारी डिस्इन्फेक्सन टनेल निर्माण गरी सुरक्षित यात्रालाई केही हदसम्म सहयोग पुर्याइएको छ । 
साथै महामारीको अवस्थामा यात्रुको ज्वरो परीक्षण गरेर मात्र वसमा चढाउने तथा स्यानिटाइजर एवं मास्कको ब्यवस्था गर्नुका साथै दोब्बर भाडा लिन पाउने व्यवस्था भएपनि साविक भाडामै सेवा उपलब्ध गराइएको थियो ।
६. सुन्दर इन्जिनियरिङ्गको माध्यमबाट पोर्टेवल शौचालय निर्माण गरी सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माण गरी हस्तान्तरण गर्ने अन्तिम चरणमा पुगेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top