उपभोक्ता हित संरक्षण मञ्चको बुटवलस्तरीय समिति गठन

समाज भाद्र २३ 2077 ekhabarnepal
Cons right

बुटवल, भदौ २३ 
उपभोक्ता हित संरक्षण मञ्चको बुटवलस्तरीय समिति वनेको छ । रुपन्देही शाखा गठन भएको २० औं वर्षका अवसरमा परिवर्तित संघीय मोडलको विधान अनुसार पालिकास्तरीय मञ्चको समिति गठन भएको हो ।
 मञ्चको ५ नं.प्रदेश समितिको आयोजनामा भएको भेलाले सो समिति गठन गरेको हो । समुन्द्र जीसीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको छ । अन्य पदाधिकारी तथा सदस्यहरु पछि सहवरण गर्ने गरी गठित समितिमा भक्तवहादुर कार्की, हिमवहादुर क्षेत्री पछाई, लक्ष्मीधर पौडेल, शान्ता घिमिरे, पुष्पा शर्मा, सकुन्तला आचार्य र डीबी रसाइली हुनुहुन्छ ।
उपभोक्ता हित संरक्षण मञ्च ५ नं.प्रदेश समितिका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षतामा भएको भेलामा मञ्चका पूर्व केन्द्रीय सदस्य, रुपन्देहीका सस्थापक सचिव डी.आर. घिमिरेले मञ्चले २० वर्षमा गरेका कामको संक्षेपमा जानकारी गराउँदै यसका सदस्यहरुमा हुनुपर्ने आचरणका वारेमा जानकारी गराउनुभयो ।
प्रदेश ५ का कोषाध्यक्ष ऋषि आजादले यसमा कोही ठूलो सानो नहुने भएकोले निर्धक्क भएर काम गर्न सवैलाई अनुरोध गर्नुभयो । 
अध्यक्ष तेजकुमार पाठकले नव निर्वाचित समितिले इमान्दारीपूर्वक र उल्लेख्य काम गर्ने विश्वास ब्यक्त गर्नुभयो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top