मुख्यमन्त्रीका १६ वूँदे निर्देशन के हुन् ?

राजनीति भाद्र ९ 2077 ekhabarnepal
Mukhaya mantri

बुटवल, भदौ ९
मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ का प्रमुख जिल्ला अधिकारीहरुसंग गर्नुभएको भर्चुअल वैठकमा कोभिड १९ को संक्रमणको दोश्रो चक्र र शान्तिसुरक्षाको विषयमा केन्द्रीत रहेर  क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले दिएका मुख्य निर्देशनात्मक वूँदा यस प्रकार छन् ।
१. भारत लगायत जिल्ला वाहिरवाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा वस्ने व्यवस्था पालिकास्तरमा मिलाउने ।
२. परिक्षणको दायरा वढाउने । भिडभाड हुने ठाउँ र धेरै घुमफिर गर्ने व्यक्तिहरु पहिचान गरी नमुना परिक्षणलाई तिव्रता दिने । कोभिड १९ को व्यवस्थापनमा संलग्न सबैको समय समयमा परिक्षण गर्ने ।
३. कन्ट्र्याक ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिने । छिटो रिजल्ट पाउने गरी प्रयोशालासंग आवश्यक समन्वय गर्ने । भिटिएमको अभाव हुन नदिने । अभाव भएमा जिल्ला स्वास्थले खरिद गर्ने व्यवस्था मिलाउने ।
४. जिल्ला स्तरमा सबै संक्रमितलाई आइसोलेसनमा राख्न सक्नेगरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्लास्तरिय सिसिएमसीले मिलाउने । व्यवस्थापन खर्च प्रदेशले उपलब्ध गराउने ।
५. एरियावन्दी,निशेधाज्ञा र वन्दावन्दीका सन्दर्भमा विशेष मापदण्ड बनाएर कार्यान्वयन गर्ने । सकेसम्म सामान्य अवस्थामै जनजिवन असहज नहोस् भन्ने कुरा ख्याल गर्ने । यातायात मात्र वन्द गर्दा हुने ठाउमा सोही अनुसार गर्ने ।
७. स्थानिय संचार माध्यमलाई उपयोग गरी जनचेतना फैलाउने । भय र त्रासको वातावरण सिर्जना हुन नदिने । स्वास्थ सुरक्षा मापदण्डको पालनामा जोड दिने । आवश्यकता अनुसार कडाइ समेत गर्ने ।
८. स्वास्थकर्मी र सुरक्षा निकायको मनोवल उच्च बनाइराख्न आवश्यक ध्यान दिने । प्रोत्साहनभत्ता पाउनुपर्ने छुटेको भए प्रकृया अघि वढाउने ।
जनप्रतिनिधिहरुसंगको समन्वय र सहकार्यमा जोड दिने ।
९. सिमानाकावाट हुने आउजाउलाई नियन्त्रण गर्ने । दशैको समयमा वाहिरवाट आउनेहरुको व्यवस्थापनमा अहिले देखिनै ध्यान दिने ।
१०. आपुर्ति व्यवस्थालाई सहज बनाउने र बजार अनुगमनको कामलाई प्राथमिकतामा राख्ने ।
११. आवश्यक स्वास्थ सुरक्षा सामाग्री, एम्वुलेन्स र सववाहनको व्यवस्था चुस्त र दुरुस्त बनाउने । 
१२. लक्षण देखिएका विरामीलाई अनिवार्य रुपमा कोरोना विशेष अस्पतालमा पठाउने व्यवस्था मिलाउने ।
१३. कोभिड १९संग सम्वन्धित अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने । कोभिड १९ का सर्जिकल केसहरुलाई नेपालगंज मेडिकल कलेजमा पठाउने ।
१४. सुरक्षा निकायले आफ्नै क्याम्प वा कार्यालयमा आइसोलेसनको व्यवस्था मिलाउने ।
१५. विरामीको मनोवल उच्च राख्न विशेष ध्यान दिने । रोगप्रतिरोधी क्षमता वढाउन उचित खानपान र आहारविहारमा जोड दिने ।
१६. व्यवस्थापनमा कुनै नयाँ समस्या देखिए प्रदेश सरकारलाई तत्काल जानकारी दिने ।
 

प्राप्त प्रतिकृयाहरू

To Top