रूपन्देहीमा एकैदिन तीन जनाको मृत्यु, पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जना संक्रमित 

स्वास्थ्य भाद्र ७ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

 काठमाडौं,भदौ ७ : देशभर पछिल्लो २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। 
यस क्रममा सबैभन्दा धेरै पर्सामा १४५ जना संक्रमित थपिएका छन्। त्यसैगरी काठमाडौं जिल्लामा १२६ जना कोरोना संक्रमित थपिएका हुन्। 
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार ५ सय ९८ पुरुष र २ सय २० जना महिलामा कोरोन पुष्टि भएको हो। गौतमका अुनसार  पर्सामा १४५ जना काठमाडौं जिल्लामा १२६ जना र aसर्लाहीमा ९१ जना संक्रमित सबैभन्दा उच्च हो।

रूपन्देहीमा एकैदिन तीन जनाको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट आइतबार रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ।
बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित आइसोलेसन अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत् उनीहरूको आइतबार दिउँसो १ बजे मृत्यु भएको  छ।
 मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं १ निवासी ६७ वर्षीय महिला र रुपन्देहीको समरीमाई गाउँपालिका-२ मुडुला निवासी ३८ वर्षिीय पुरूष छन्।
उनीहरू दुवै जनाको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।
मृतक महिला साउन ३१ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसँगै उच्च रक्तचाप र मिर्गौलाको समेत समस्या रहेको अस्पतालले जनाएको छ।
मृतक पुरूषलाई भने भदौ १ गते कोरोना संक्रमण पुष्टिसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो।
त्यस्तै रूपन्देहीमा एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ सfहका अनुसार रोहिणी गाउँपालिका-२ का ५३ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि बुटवलको निजी प्रयोगशालामा स्वाब संकलन गरी घर गएका उनको आइतबार मृत्यु भएको शाहले जानकारी दिए। उनको मृत्यु भइसकेपछि आएको स्वाबको रिपोर्ट कोरोना पोजिटिभ आएको हो।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

 

प्राप्त प्रतिकृयाहरू

To Top