पछिल्लो २४ घण्टामा  ६८१  जना संक्रमित थपिए, बुटवलमा थपिए ७ 

स्वास्थ्य भाद्र ३ 2077 ekhabarnepal
Download

  
काठमाडौं, भदौ ३

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ६८१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको थियो।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। योसँगै निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ।

बुटवलमा थपिए ७ संक्रमित
पछिल्लो १७ घण्टामा बुटवलमा ७ जना संक्रमित थपिएका छन् । मंगलबार राती सम्म ५० जना थपिएकोमा बुधबार मध्यान्हमा ७ जना थपिएका हुन् ।
बुधवार थपिएका ७ जनामा बुटवल उपमहागरपालिकाका १ जना कर्मचारी, १ जना कर्मचारीको परिवारका सदस्य तथा बिभिन्न वार्डका ५ जना रहेका छन् ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार वार्ड नम्बर ४ का १ जना, वार्ड नम्बर १३ का ३ जना र वार्ड नमबर १२ का १ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलमा कुल संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।
बुटवल उपमहानगर पालिका र स्वास्थ्य कार्यालय रुपन्देहीको उपमहानगरको संक्रमितको संख्या फरक देखिएको छ ।
स्वास्थ्य कार्यालयले बुटवल उपमहानगरको संक्रमितको संख्या १११ बताएको छ भने उपमहानगरसँग ९९ जना मात्र संक्रमितको संख्या पुगेको तथ्याँक रहेको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top