सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन र कार्यादेश प्रदान 

राजनीति भाद्र १ 2077 ekhabarnepal
2020 08 17 nekapa meeting1111

काठमाडौं, भदौ १  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सुझाव कार्यदललाई अनुमोदन गरेको छ । साथै बैठकले कार्यदललाई कार्यादेशसमेत दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए । आजको बैठकमा यो कार्यदललाई पार्टी र राष्ट्रलाई सफल बनाउन अग्रसर होस् भनेर पनि दुवै अध्यक्षले शुभकामना समेत दिएका थिए । 

साथै कामको जिम्मा दिएकोमा कार्यदलले पार्टी अध्यक्षद्वयलाई धन्यवादसमेत दिएका थिए । बैठक प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । अध्यक्षद्वयले गठन गरेको कार्यदललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने बताएका थिए । सोहीअनुरुप आजको सचिवालय बैठक बसेको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top