कोरोनाले एकै दिन कपिलवस्तुमा २ सहित देशभर ८ जनाको मृत्यु

स्वास्थ्य साउन २८ 2077 ekhabarnepal
Download

बुटवल, साउन २८
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा कपिलवस्तुमा दुइजना सहित देशभर ८ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये काठमाडौं उपत्यकामा मात्र पाँच जना छन्। 
 बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका कपिलवस्तुका २ जनाको आजै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुवै कपिलवस्तुका बासिन्दा हुन् ।

२५ गते देखि उपचार गराईरहेका ४२ बर्षिय पुरुष र २७ गते भर्ना भएर उपचार गराई रहेका २५ बर्षिय पुरुषको निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले पुष्टि गरे ।

दुवैजनाको भर्ना भएदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भई रहेको थियो । 

४२ बर्षिय पुरुष कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवाका ब्यापारी हुन् भने २५ बर्षिय पुरुष कृष्णनगर वडा नं १२ का बासिन्दा हुन् । 
त्यस्तै काठमाण्डौ टेकुकी ७८ वर्षीया महिलाको बुधबार बिहान किस्ट हस्पिटलमा मृत्यु भएको छभने धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार ज्यान गएको छ। जनकपुर उपमहानगरपालिकाकै ३८ वर्षीया महिलाको पाटन अस्पतालमा बुधबार बिहान ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरि बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा मृत्यु भएको छ। मोरङको बुढिगंगा नगरपालिकाका ५५ वर्षीया महिलाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ भने सप्तरीको डाक्रेश्वरी नगरपालिकाका ७२ वर्षीया महिला र कपिलबस्तु नगरपालिकाका ४२ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टामा ज्यान गएको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कोरोना कारण ९१ जनाको ज्यान गएको छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top