बुटवलमा जोखिम वढ्यो, भोलि रातीदेखि लकडाउन

स्वास्थ्य साउन २८ 2077 ekhabarnepal
1200px butwal city

बुटवल साउन २८
 कोरोनाको जोखिम बढेपछि बुटवलमा भदौ ५ गतेसम्मका लागि पूर्ण लकडाउन गरिने भएको छ ।

बुटवल उपमहानगरपालिकामा बुधवार अपरान्ह नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा  सम्पन्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले बुटवल उपमहानगरपालिका क्षेत्रमा भदौ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

साउन २९ गते बिहिवार राति १२ बजे देखि भदौ ५ गते राति १२ बजे सम्मका लागि लकडाउन जारी गर्ने निर्णय भएको छ । 

लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनै पनि सवारीसाधन सन्चालन, पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ ।

पछिल्ला केहि दिन यता बुटवलका बिभिन्न स्थानमा गरिएको परिक्षणमा १० जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवलमा लकडाउन गर्न दवाव बढदै गएको थियो ।

बुटवलमा पछिल्ला केही दिन यता सर्वसाधारणको लापरबाही बढदै गएको थियो भने उद्योगी ब्यवसायीहरु समेतले भारतीय नागरिकहरुलाई लुकिछिपी ल्याएर काममा लगाउने गरेको गुनासो बढेको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top