आजका संक्रमित ६३८ मध्ये कुन जिल्लामा कति थपिए

स्वास्थ्य साउन २७ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

काठमाडौँ,साउन २७
 नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमका १,  सिन्धुपाल्चोकका १, सुनसरीका १, सुर्खेतका ५, रुपन्देहीका ३३ र दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै दैलेखका ३, सल्यानका २, रोल्पाका १, बागलुङका २, तनहुँका २, नवलपरासीका २, प्युठानका १७, अछामका १, अर्घाखाँचीका १, बाँकेका २९, धादिङका ११, दोलखाका १, इलामका १, जाजरकोटका १, कालिकोटका १, ओखलढुङ्गाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, धनकुटाका १, झापाका १० र मोरङका ४२ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरि सुनसरीका ३२, उदयपुरका १६, धनुषाका २३, महोत्तरीका १२, सप्तरीका १३, पर्साका ७०, गोर्खाका १, नुवाकोटका ३, दाङका १, चितवनका ३, काभ्रेका ४, मकवानपुरका १, बर्दियाका १,  दार्चुलाका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण निको भएर थप १ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top