धेरै जनसम्पर्क हुने कार्यालय अनिश्चितकालीन बन्द 

स्वास्थ्य साउन २७ 2077 ekhabarnepal
1

  
काठमाडौं, साउन २७
सरकारले बढी जनसम्पर्क हुने सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा। युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने।’

उनले कार्यालयहरुले सकेसम्म घरैबाट काम गर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन्। बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका डा। खतिवडाले अहिले लकडाउनको अवस्था नरहेकोले बढी जोखिम देखिएका वा संक्रमण बढ्दै गएका स्थानमा कडाई गर्ने र कम देखिएको स्थानमा खुकुलो गर्दै जाने गरी स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको बताए।

प्राप्त प्रतिकृयाहरू

To Top