पछिल्लो २४ घण्टामा  ६३८ कोरोना संक्रमित, उपत्यकामा मात्र १३४ 

स्वास्थ्य साउन २७ 2077 ekhabarnepal
5f328359175b7 covid kathmandu valley

  
काठमाडौं, साउन २७
नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्क्रमित २३ हजार ९४८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ। 

उपत्यकामा अहिलेसम्मकै धेरै १३४ जनामा सङ्क्रमण 
काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित फेला परेका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाको तीन जिल्लामा १३४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको हो । सोमबार काठमाडौं उपत्यकाको तीन जिल्लामा परीक्षण गराएकामध्ये मात्र ४४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाको काठमाडौंमा मात्रै ११० जना सङ्क्रमितको पुष्टि भएको छ । ललितपुरमा १६ र भक्तपुरमा आठ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौं उपत्यकामा यसअघि सबैभन्दा बढी साउन २३ गते १०६ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । तर पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा पछिल्लो पटक सबैभन्दा धेरै सङ्क्रमित फेला परेको संख्याभन्दा बढी काठमाडौं जिल्लाको रहेको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा काठमाडौंका २८ जना, ललितपुरका एक र भक्तपुरका चारजनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल–टेकुमा काठमाडौंका २० जना र भक्तपुरका दुई तथा त्रिवि शिक्षण अस्पताल–महाराजगञ्जमा काठमाडौंका १३, ललितपुरका एक र भक्तपुरका एकजना सङ्क्रमित पुष्टि भएको छ । पाटन अस्पताल, ललितपुरमा काठमाडौं र ललितपुरका आठ आठ जना तथा स्टार अस्पताल–सानेपामा काठमाडौंका १४ र ललितपुरका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ ।
बीआईडीएच ल्याबमा काठमाडौं र ललितपुरका दुई दुई जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका चार जना र भक्तपुरका एक, वीर अस्पतालमा काठमाडौंका तीन जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका पाँच, काठमाडौं मेडिकल कलेजमा काठमाडौंका दुई तथा हयाम्स अस्पतालमा काठमाडौंका आठ र ललितपुरका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ ।
वीरेन्द्र अस्पतालमा काठमाडौंका तीन तथा भेरी अस्पताल–नेपालगञ्जमा ललितपुरका दुईजनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top