अंगरक्षकलाई संक्रमणपछि महासचिव विष्णु पौडेल आइसोलेसनमा

समाज साउन २५ 2077 ekhabarnepal
Mkk 5401 1002x768

  
काठमाडौं, साउन २५
आफ्ना अंगरक्षक पीएसओमा कोरोना संक्रमण देखिएका कारण सत्तारुढ नेकपाका महासचिव विष्णु प्रसाद पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन्।

शुक्रबार पौडेल र उनका अंगरक्षकसहित सबै टोलीको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न दिइएकोमा एकजना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

तर एकजनामा संक्रमण देखिएका कारण पौडेल आइसोलेसनमा बस्ने र मंगलबार पुनः परीक्षण गर्ने योजनामा रहेको वताइएको छ  । 

महासचिवसहित केहीको रिपोर्ट शनिबार नै आएको थियो तर एकजना अंगरक्षकसहित थप केहीको रिपोर्ट आइतबार आउँदा उनको रिपोर्ट पोजिटिभ आएपछि पौडेलले आइसोलेसनमा बसी पुनः परीक्षण गराउने भएका हुन्।

प्राप्त प्रतिकृयाहरू

To Top