बुटवलमा कोरोना संक्रमणको प्रारम्भ, कडा निगरानी आवश्यक

समाज साउन २५ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

बुटवल, साउन २५
 बुटवलमा समुदायस्तरमा गरिएको नमुना परीक्षणका क्रममा ४ जनामा कोरोना भाइरसको संक्रमण हुनुले ब्यापक सचेतना अपनाउनुपर्ने अवस्था देखा परेको छ । २ शय ३४ मा परीक्षण गर्दा ४ जनामात्र देखा पर्नु आफैमा राम्रो पक्ष भएपनि यसले आगामी दिन चुनौतिपूर्ण रहेको संकेत गर्दछ । 
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण के कस्तो छ भनेर गरेको सर्वेक्षणको नतिजाले यस क्षेत्रका नागरिकलाई झस्काएको छ । प्रादेशिक अस्पतालले उपयुक्त समयमा यो सर्वेक्षण गरेको पुष्टि पनि भएको छ । परीक्षण गरिएकामध्ये अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमणको पुष्टि भएकामध्ये लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमान्,  बुटवल १३ का नेकपाका स्थानीय नेता, सिद्धार्थनगरका एक पुरुष हुन् । वुटवलका तीन जनामध्ये दुइजना अस्पतालसंग जोडिएका ब्यक्ति हुनुले सम्भावितस्थललाई अझ वढी सुरक्षित र भरपर्दो वनाउनुपर्ने अवस्था आएको छ । अर्का एकजना पार्टी कार्यकर्ता हुनुका कारणले भिडभाडमा जानेलाईनै भएको अड्कल गर्न सकिन्छ । यद्यपि उनको पारिवारिक भिडभाडको प्रसंगले पनि संक्रमण भएको आशंका गरिएकोले तत्काल कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्नुपर्ने अवस्था देखिएको छ ।  
सिद्धार्थनगर नगरपालिकामा घर ठेथाना बताउने ४६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएपनि उनी सम्पर्कमा छैनन् । 
केही दिन यता वाक्लो हिडडुल, सार्वजनिक सवारी साधन गुडेपनि विश्वसनीय ढंगले सुरक्षाका उपाय नअपनाउनु, मास्कको प्रयोगमा हेलचेक्राई गर्नुृजस्ता कारणले संक्रमण वढेको देखिन्छ । स्थानीय पालिकाले र खासगरी प्रहरी प्रशासनले कडा निगरानी वढाउने हो भने अहिल्यै नियन्त्रणवाहिर भने गएको छैन । 
उपमहानगरपालिकाले खास खास क्षेत्रमा परीक्षण वढाउनुपर्ने आवश्यकता भने देखिएको छ ।   
 

प्राप्त प्रतिकृयाहरू

To Top