बामदेवको मध्यमार्गी प्रस्ताव  प्रस्तावः ओली पाँचै वर्ष प्रधानमन्त्री

राजनीति साउन १३ 2077 ekhabarnepal
Img af554a21051bbcc0b7bd7b8b33219d4e v

काठमाडौँ – सत्तारुढ नेपाल कम्युष्टि पार्टीका उपाध्यक्ष बामदेव गौतम पार्टीमा देखिएको हालको संकट समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएका छन् ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर पार्टी अघि बढाउन आग्रह गरी मध्यमार्गी प्रस्ताव ल्याएका हुन् ।

नेता गौतमले ओली पार्टीको एकता महाधिवेशनसम्म अध्यक्ष र पूर्ण कार्यकाल प्रधानमन्त्री रहने तथा प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गरिनु पर्ने बताएका छन् ।

प्रधानमन्त्रीका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नेसहितका प्रस्ताव गौतमले गरेका छन् ।

यस्तै गौतमले पार्टीको केन्द्रीय सचिवालयको सुझावका आधारमा मन्त्रीपरिषद पुनर्गठन तथा राजनीतिक एवम् संवैधानिक नियुक्ति गर्नु पर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनु पर्ने गौतमको प्रस्ताव छ ।

उनले अब उपरान्त पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्नु पर्ने प्रस्ताव पनि गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top