प्रदेश ५ सहित देशैभरी भारी वर्षा हुने, सतर्क रहन आग्रह

समाज साउन १३ 2077 ekhabarnepal
5f1f70a762fe2 rain1


काठमाडौँ, साउन १३ गते । नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो ।
आज मंगलबारदेखि वर्षाको मात्रा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ।

देशका पूर्र्वी तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ । भारी वर्षा हुने स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले अपिल गरेको छ । अन्यत्र पनि बाढी र डुबानको खतरा रहनेछ । यसपालाको मनसुन नेपालको पश्चिमी भागमा केन्द्रित हुँदैछ । विभागले जारी गरेको विशेष बुलेटिनअनुसार प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना छ ।
साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुनेछ । केहीमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ । त्यस्तै प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग भएर बग्ने नदीमा बहाव बढ्नेछ ।  

यसैगरी मंगलबार राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ। महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार धेरै भारी वर्षासमेत हुने सम्भावना छ।

मौसमविद्को अनुमान यस्तो छ 
साउन १४ गते बुधबार
दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति स् देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

साउन १५ गते बिहीबार
दिउँसोः देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
राति स् देशभर साधारणतयादेखि अधिकांश बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसमविद् राजु प्रधानांगका अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटरभन्दा धेरै वर्षा भएमा धेरै भारी वर्षा भनिन्छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top