दुर्गम क्षेत्रमा हवाई सेवा सम्बंधी आयोगको सिफारिस

समाज साउन १२ 2077 ekhabarnepal
115946659 4161691710539480 448068700942167448 o

बुटवल, साउन २
राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकार अनुगमन निर्देशिका स्वीकारेको दिनलाई स्मरण गर्दे आज आयोगले दुर्गम क्षेत्रका हवाई सेवाका उपभोक्ताको मानब अधिकारको अवस्था  अध्ययन प्रतिबेदन सार्वजनिक गरेको छ । उपभोक्ता हित संरक्षण मंचको सहजीकरणमा आयोजित भर्चुअल कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले सो प्रतिवेदन सार्वजनिक गर्दै दुर्गम क्षेत्रमा हवाई उपभोक्ताको सहज उपलब्धताका लागि नीतिगत सुधार, आपुर्ति व्यवस्थापन, गुणस्तर र हवाई भाडाका सम्वन्धमा तयार प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा ल्याउने विश्वास ब्यक्त गर्नुभयो । 
 प्रतिवेदनमा तथ्यपरक विश्लेषण भएको बताउँदै प्रतिवेदनका सुझाव र सिफारिसहरु सरकारबाट कार्यान्वयन गर्नका लागि उपभोक्ताको मानव अधिकार अनुगमन निर्देशिकामा परिमार्जन गÞर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । 

कार्यक्रममा आयोगका सदस्य मोहना अन्सारीले दुर्गम क्षेत्रका हवाई उपभोक्ताको मानव अधिकारको विषयमा अध्ययनको आवश्यकता र अध्ययन प्रतिवेदनमा भएका सिफारिसहरुका सम्वन्धमा प्रकाश पार्नु भयो । 
 उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति वाँनियाँले आयोगले उपभोक्ता मानव अधिकार अनुगमन निर्देशिका,२०६८ जारी भएको दिनमा राज्यको संरचनामा भएको परिवर्तन अनुकुल र स्वच्छ बजार र उपभोक्ता हित संरक्षणमा आयोगको भूमिकालाई विस्तर गर्न र थप प्रभावकारी बनाउन आवश्यक भएको बताउँदै मञ्चले आयोगमा परिमार्जित सहित प्रस्तुत गरेको उपभोक्ता मानव अधिकार अनुगमन निर्देशिका २०७७ को मस्यौदालाई पारित गर्न आयोगको प्रतिवद्धता माग गर्नु भएको थियो ।
 कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार वहादुर अधिकारीले दुर्गम क्षेत्रमा हवाई सेवाका उपभोक्ताको मानव अधिकारको संरक्षणका लागि भएको अध्ययन सयम सापेक्ष भएको वताउनु हुँदै प्राप्त सुझाव र सिफारिलाई पालना मन्त्रालयले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा आयोगका सचिव वेद प्रसाद भट्टराई लगायत आयोगका पदाधिकारीहरु, उपभोक्ता हित संरक्षण मञ्चको सातबटै प्रदेशका प्रतिनिधी पदाधिकारीहरु लगायत ५० जना अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top