भोलि रातिदेखि फेरि ठूलो वर्षाको सम्भावना, सतर्कताका लागि मौसम विभागको आग्रह

समाज साउन ११ 2077 ekhabarnepal
Barsha 1200x560

  
काठमाडौं, साउन ११
भोलि सोमबार रातिदेखि कम्तीमा चार दिन फेरि ठूलो वर्षा हुने सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । 
 सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबारट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले अधिकांश स्थानमा झरी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

 महाशाखाले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनमा सो कुरा उल्लेख छ । विज्ञप्तिमा नदी खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन भनिएको छ ।

 यसपटक अरब सागरबाट जलवाष्पयुक्त हावासमेत भित्रिने भएकाले वर्षा धेरै हुने अनुमान छ।

आज दिउँसो भने पूर्वदेखि पश्चिमसम्मै सबै प्रदेशका थोरै थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top