काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार गर्ने दुई युवक पक्राउ

समाज साउन ९ 2077 ekhabarnepal
Thumb

काठमाडौँ,श्रावण ९
 ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौंको बाफलमा बिहीबार राति पौने ९ बजे एक युवतीमाथि एसिड प्रहार गर्ने दुइजना ब्यक्ति पक्राउ परेका छन् । 
 उनी अहिले खतरामुक्त छन् । 
पूर्व परिचित ब्यक्तिले मन पराउँदा पनि वेवास्ता गरेकोले एसिड हानेको वयान मोहम्मद आलमले दिएका छन् । आलमले आफ्नै पसलमा काम गर्ने भारत शिवरका युवक मुन्ना लाई प्रयोग गरेर एसिड आन्न लगनएको रहस्य खुलेको छ ।
घरमा जाँदै गर्दा वाटोमा भेटेर मोटरसाइकलको पछाडि वसालेका आलमले चोकमा छोडेपछि कामदार मुन्नलामार्फत् एसिड प्रहार गरेका थिए ।  
‘डल्लुमा कवाडी पसल राखेका आलमले आफूले असाध्यै मन पराउँदा पनि रुपको सारै घमण्ड गरी वास्ता नगरेपछि यसो गरेको वयान दिएका छन् ।


पक्राउपछि एसिड प्रहार गर्ने महमदले ‘मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ भनेर वयान दिएको छ । 
 पीडित युवतीले भने आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् । ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको खुलेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top