कुखुराको खोरमा बाढी पस्दा २० लाखको नोक्सानी, क्षतिपूर्तिको अपेक्षा  

समाज साउन ६ 2077 ekhabarnepal
1

बुटवल, साउन ६, २०७७ 

हिजो देखि आएको भिषण वाढीले कोरोना महामारीवाट भर्खरै तंग्रीन शुरु गरेका किसानहरु ब्यवसायवाट हात धुनु पर्ने अवस्थामा पुगेका छन् । 
रुपन्देहीको सैनामैनास्थित बनरहवा  खोलामा आएको भिषण बाढीले सैनामैना वार्ड नं. ७ देउबापार स्थित सुपादेउराली पोल्ट्री फर्मका संचालकहरु २० लाखको मारमा परेका छन् । युवा ब्यवसायी रामलाल अधिकारी र नारायण बेलबासेको साझेदारी फर्ममा वाढी पस्दा सो क्षति हुन पुगेको हो।  बाढीले फर्ममा रहेका ३ हजार कुखुरा डुबेर  मर्नुका साथै दाना पनि नष्ट भएको छ।  


युवा ब्यबसायी रामलाल अधिकारी र नारायण बेलबासेले करिब ३ करोड लागतमा संचालन गरेको फर्मको क्षमता १५ हजार ब्रोइलर कुखुरा अट्ने भएपनि हाल  सो खोरमा ३ हजार कुखुरा मात्र थिए। 
 फर्ममा बाढीले पुर्याएको क्षतिको उपमेयरको नेतृत्वमा रहेको नगरपालिका स्तरीय विपद् ब्यबस्थापन समितिले निरीक्षण गरेको थियो।  संचालक अधिकारी ले किसानको मनोबल उच्च राख्न सरकारले क्षतिको उचित मुल्यांकन गरि क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो।
 

प्राप्त प्रतिकृयाहरू

To Top