नेकपा स्थायी कमिटी बैठक आज बस्दै

राजनीति साउन २ 2077 ekhabarnepal
5f10eb7ac1aeb prixa 1593227081 5ef2f4d19cc62 cpn standing committee met 32vq8jelrv

काठमाडाँँै, साउन २ गते । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकको तयारीका विषयमा छलफल भयो ।
छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिनुभयो । उहाँले अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको बैठक रोकिँदैन भन्नुभयो ।
अध्यक्षद्वयबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी हुुनुुहुन्थ्यो । 
उहाँ स्थायी कमिटी बैठक बस्नेमा सहमत हुनुभएको छ । स्थायी कमिटीमा प्रस्तुत कार्यसूचीमा हुने छलफललाई कसरी व्यवस्थित र मूर्त रूप दिने विषयमा नेताबीच छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top